ओखलढुंगामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु,थप विवरण आउन बाँकी

प्रशासन

काठमाडौँ – ओखलढुंगामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
आज बिहान ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–३ दियालेमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
दियालेदेखि ओखलढुंगा सदरमुकामतर्फ आउँदै गरेको जिप दुर्घटना भएको हो । जिप दुर्घटनामा घाइतेहरुको उद्धार कार्य जारी रहेको जिल्ला प्रहरीका प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरुबारे विस्तृत विवरण आउन केही समय लाग्ने जानकारी प्रहरीले दिएको छ ।
प्रतिक्रिया
ताजा अपडेट