प्रचण्डका दुःखका दिन सुरु, देउवा र ओलीको नयाँ समीकरण बन्दै

प्रचण्डका दुःखका दिन सुरु, देउवा र ओलीको नयाँ समीकरण बन्दै

काठमाडौं – राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै नयाँ रानीजीतक समीकरणको प्रयास सुरु भएको छ । 

राष्ट्रपतिमा रामचन्द्र पौडेल र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएसँगै सरकार गठनको लागि नयाँ समीकरणको प्रयास सुरु भएको हो ।  राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनलाई नेपाली कांग्रेस र एमालेले प्रतिष्ठाको विषय बनाएका थिए । जसमा माओवादीको साथ लिएर कांग्रेसले राष्ट्रपतिमा बाजी मारेको छ ।

जसपाले पनि उपराष्ट्रपति पद पाएको छ । पुस १० गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएर सभामुख, राष्ट्रिय सभा सदस्य, केही प्रदेशमा मुख्यमन्त्री, सभामुख र उपसभामुख हात पार्न सफल एमाले अहिले प्रतिपक्षमा बस्ने अवस्थामा पुगेको छ । शक्ति बाँडफाँडकै हिसाब हेर्ने हो भने कांग्रेसले राष्ट्रपति, जसपाले उपराष्ट्रपति, माओवादीले प्रधानमन्त्री, एमालेले प्रतिनिधिसभाको सभामुख र राष्ट्रिय सभा अध्यक्ष पाएका छन् । यी सबै पद दलहरूले गठबन्धन बनाएर पाएका हुन् ।

यो तीन महिनाको बीचमा देशमा दुईवटा गठबन्धन देखिए । पहिलो पाँचदलीय गठबन्धन तोडेर सात दलीय गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री बने ।

त्यसलगत्तै प्रचण्डले उक्त गठबन्धन तोडेर १० दलको अर्को गठबन्धन बनाए । दश दलको गठबन्धनबाट राष्ट्रपतिमा राष्ट्रपतिमा रामचन्द्र पौडेलले बाजी मारे । शुक्रबार भएको उपराष्ट्रपति निर्वाचनमा रामसहायप्रसाद यादवले पनि आठ दलको समर्थन पाए । राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनपछि अब नयाँ दलीय समीकरण बन्ने निश्चित छ ।

प्रधानमन्त्री प्रचण्डले चैत १० गतेभित्र मन्त्रिपरिषद् विस्तार गर्ने बताएका  छन् । त्यसैले उनले चैत ६ गते विश्वासको मत लिने छन् । चैत ७ गते सार्वजनिक बिदा छ । चैत ८ र ९ गते गठबन्धनको बैठक बसेर सरकारमा काँग्रेसलाई सहभागी गराएर माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड आरामको श्वास फेर्ने प्रयासमा छन् । 

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुभन्दा अगावै काँग्रेसलाई प्रतिनिधिसभाको बैठकमा सत्ता पक्षको कुर्सीमा राख्ने प्रयास गरिरहे पनि कांग्रेस त्यसको लागि तयार देखिएको छैन । 

कांग्रेस सभापति शेरबहादुर देउवा  पुस १० गते नतै प्रधानमन्त्री हुने दाउँमा थिए । एकाएक बनेको माओवादी र एमाले गठबन्धनले उनको सपना त्यहीखेर पुरा हुन पाएन । यत्तिखेर देउवालाई प्रधानमन्त्री बन्ने नयाँ योग जुरिरहेको छ । 

नेकपा एमाले देउवालाई प्रधानमन्त्री बनाउन सक्दो प्रयास गरिरहेको छ । मुलुककै ठुलो दल भएको हैसियतले देउवाको प्रधानमन्त्रीको  चाहाना स्वभाविक पनि छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अस्थिर चरित्रका कारण एमाले र कांग्रेस दुवैले धोका पाइरहेका छन् यस्तो अवस्थामा चेत खाइसकेका यी दुई दल एक ठाउँमा मिल्न सक्ने अवस्था स्वतः बनिसकेको छ । एमाले र कांग्रेस मिलेमा सरकार बनाउनका लागि अन्य कुनै दलको  साहारा आवश्यक नपर्ने हुँदा यी दुई दल एक ठाउँमा आउनसक्ने धेरै बलियो शम्भावाना बढ्दै गइरहेको छ । 

१० दलको गठबन्धन बनाएर सरकार चलाउने दाउँमा रहेका प्रचण्डलाई यत्तिखेर १० दलको व्यवस्थापन गर्न निक्कै सकस छ । भएभरका दलहरूले उपप्रधानमन्त्रीसहित मालदार मन्त्रालय मागिरहेका छन् । यस्तो अवस्थामा प्रचण्ड सरकार आफैमा धराप अवस्थामा छ । एकीकृत समाजवादीले सबै दलले प्रमुख पद पाइसकेकाले आफ्नो दलले गृहमन्त्रीमा दाबी गर्ने र तीन मन्त्रालय लिने बताएकाले पनि प्रचण्डलाई यस्को व्यवस्थापन गर्न निक्कै सकस छ । सबैभन्दा ठुलो दल कांग्रेस स–सना मन्त्रालयमा चित्त बुझाउन तयार हुने कुरै भएन ।

राष्ट्रपति आफ्नो भागमा पारिसकेको कांग्रेसका लागि आफै सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भइरहेको बेला अब उसले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लतारिने जाँगर चलाउने अवस्था नै छैन । भएभरका दलहरूको बथानमा कागको समूहमा बकुल्ला बन्नु भन्दा कांग्रेस आफै सुविधाजनक सरकार चलाउने ठाउँको खोजीमा छ । एमाले पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सरकार गिराउन कुनै क्रसर बाँकी नराख्ने मोडमा भएकाले कांग्रेस आफूलाई प्राप्त उपयुक्त यो अवसर त्यसै छोड्नै अवस्थामा नरहेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

 । बन्न लागेको संभावित समिरकणले देउवालाई प्रधानमन्त्री र प्रचण्डलाई प्रतिपक्षीमा पुर्‍याउने सम्भावना धेरै बलियो बनिरहेको छ । 

nepalone