हाटहुटमा कानून पारित गराउने सरकारी प्रयास सफल हुन दिइने छैन : गोकुल बाँस्कोटा

हाटहुटमा कानून पारित गराउने सरकारी प्रयास सफल हुन दिइने छैन : गोकुल बाँस्कोटा

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले हाटहुटमा कानून पारित गराउने सरकारी प्रयास सफल हुन नदिइने बताउनु भएको छ ।

शनिबार उहाँले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै यस्तो बताउनु भएको हो । उहाँले सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी कानून संसदीय समितिमा छलफल नै नगराउने र हाटहुटमा पारित गराउने सरकारी प्रयास सफल हुन नदिइने बताउनु भएको छ ।

उहाँले आफ्नो सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी कानून संसदीय समितिमा छलफल नै नगराउने र हाटहुटमा पारित गराउने सरकारी प्रयास हो भने सबैले बझे हुन्छ, त्यो कंगारु अदालती मोडल हुने पक्का छ । त्यो किमार्थ हुन दिइने छैन ।’

nepalone