नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन महानगरको निर्देशन

NepalOne ११ चैत २०७९ ११:५९
प्रशासन

काठमाडौँ  – काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ । 

महानगरले आज सूचना प्रकाशन गर्दै नदी बहाव, नदी उकास, नदी किनार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण तथा अनधिकृत रूपमा कब्जा गरी भोग चलन गरिरहेका सबै सरोकारवालालाई संरचना हटाउन निर्देशन दिएको हो । 

महानगरले पटक पटक अवगत गराउँदा पनि नहटेका संरचनालाई प्रचलित कानुनबमोजिम हटाउने र हटाउँदा लाग्ने खर्चसमेत सम्बन्धित पक्षबाट असुल्ने सूचनामा उल्लेख गरेको छ । 


प्रतिक्रिया