११ दिन पैदल हिँडेरै काठमाडौँ आइपुगे मिटर ब्याज पीडित,भोलिदेखि प्रदर्शन गर्ने

NepalOne १२ चैत २०७९ १५:२१
प्रशासन

काठमाडौँ – महोत्तरीको बर्दिबासबाट पैदल हिँडेका मिटर ब्याज पीडितहरू आज ११ औँ दिन काठमाडौँ आइपुगेका छन् । बर्दिबासबाट पैदल हिँडेका ७२ जनाको टोली आज आइतबार काठमाडौँको मातातीर्थ आइपुगेको हो । 

मिटर ब्याजविरुद्धको सङ्घर्ष समिति नेपालको आयोजनामा उनीहरूले विरोध स्वरूप पैदल हिँडेका हुन् । गाउँ–गाउँबाट आएका पीडितहरूले र्‍यालीसँगै नाराबाजी गर्दै हिँडिरहेका छन् ।

मिटरब्याजी साहुले दुःख दिन थालेकाले महोत्तरीका मिटर ब्याज पीडित चैत २ गते काठमाडाै‌ँका लागि हिँडेका थिए । भोलि सोमवारदेखि माइतीघर मण्डलामा आएर विरोध प्रदर्शन गर्ने तयारी रहेको सङ्घर्ष समितिले जनाएको छ ।


प्रतिक्रिया