नेकपा एसबाट प्रकाश ज्वाला मन्त्री बन्दै

नेकपा एसबाट प्रकाश ज्वाला मन्त्री बन्दै

काठमाडौं – नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी जनाउन मन्त्री पठाउने भएको छ ।

आज दिउँसो पार्टी कार्यलयमा बसेको नेकपा एसको केन्द्रीय सचिवालयको बैठकले प्रकाश ज्वालालाई आजै साँझसम्म सपथग्रहण गर्नेगरी मन्त्री बनाउने निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्रीको आग्रहबमोजिम आज पहिलो चरणमा उपमहासचिव ज्वालालाई मन्त्रीमा सिफारिस गरिएको सम्मानित नेता झलनाथ खनालले बताए ।

स्रोतका अनुसार नेकपा एसले भौतिक पूर्वाधार मन्त्रालय पाउने निश्चित भएको छ । प्रधानमन्त्रीले अर्को मन्त्रालय वन प्रस्ताव गरेपनि नेकपा एसले भने कृषि वा श्रम मन्त्रालय दाबी गरेको छ ।

nepalone