रास्वपाका गणेश कार्कीले दिए बारा २ को निर्वाचन संयोजकबाट राजीनामा

रास्वपाका गणेश कार्कीले दिए बारा २ को निर्वाचन संयोजकबाट राजीनामा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले बारा क्षेत्र नम्बर २ को निर्वाचन संयोजकबाट राजीनामा दिनुभएकाे छ ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै कार्कीले पार्टीको सो जिम्मेवारीबाट राजिनामा दिएको जानकारी दिनुभयाे । 

पार्टी सभापति रबि लामिछानेलाई सम्बोधन गर्दै कार्कीले स्वास्थ्यका कारण निर्वाचन संयोजक पदमा रहेर काम गर्न नसक्ने विज्ञप्तिमा उल्लेख गर्नुभएकाे छ ।  

आफू निर्वाचन संयोजक हुँदा पार्टीलाई थप क्षति हुने भएकाले राजीनामा दिएको कार्कीले बताउनुभएकाे छ । 

nepalone