यी ६ संस्था जस्ले गर्नेछन् उपनिर्वाचनको पर्यवेक्षण

NepalOne २९ चैत २०७९ १४:०१
प्रमुख खबर

काठमाडौं / निर्वाचन आयोगले आगामी बैशाख १० गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको पर्यवेक्षण गर्न विभिन्न ६ वटा संस्थालाई अनुमति दिएको छ ।

आयोगको हिजो बसेको बैठकले बारा- २, तनहुँ-१ र चितवन-२ मा हुन गइरहेको उपचुनावको पर्यवेक्षण गर्न विभिन्न ६ वटा संस्थालाई अनुमति प्रदान गरेको आयोगका सहसचिव एंव प्रवक्ता शालिग्राम शर्मा पौडले जानकारी दिए । निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ को दफा ८ उपदफा ९२० बमोजिम जाँचबुझ गर्दा ती संस्थाहरुले मात्र आवश्यक प्रक्रिया पूरा गरेको पाइएकोले सोही निर्देशिकाको दफा १० को उपदफा ९१० बमोजिम पर्यवेक्षण गर्न अनुमति दिने निर्णय गरिएको उनले बताए ।

निर्वाचन पर्यवेक्षण गर्न राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक), अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सुशासन महासंघ नेपाल, विश्व उपभोक्ता महासंघ नेपाल, नेपाल, पूर्वन्यायाधीश फोरम, नेपाल र राष्ट्र निर्माण मञ्च नेपालले अनुमति प्राप्त गरेका हुन् ।

ती संस्थाबाट सम्बन्धित निर्वाचन क्षेत्र खुलाई सिफारिस भई आउने पर्यवेक्षक प्रतिनिधिलाई आयोगबाट तोकिएको ढाँचामा अनुमतिपत्र दिइने आयोगका प्रवक्ता पौडेलले बताए ।


प्रतिक्रिया