योग्यताक्रम विपरीतको भर्ना प्रक्रियाविरुद्ध चिकित्सकहरुले गरे काठमाडौँमा प्रदर्शन

प्रशासन

काठमाडौँ – चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरीतको भर्ना प्रक्रिया विरुद्ध चिकित्सकहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् ।
चिकित्सा शिक्षा आयोगले सर्वोच्चको आदेश अवज्ञा गरेको र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरीतको भर्ना प्रक्रिया सुरु गरेको भन्दै उनीहरूले सोमबार माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।
बढी अङ्क ल्याएका विद्यार्थीहरूलाई छात्रवृत्ति नदिने तथा योग्यता र प्राथमिकताको आधारमा आफूले चाहेको विषय र अध्ययन संस्थामा अध्ययन गर्नबाट वञ्चित हुने अवस्थामा पुराएको उनीहरूको गुनासो छ । प्रदर्शनमा सहभागीहरूले न्यायपालिका भन्दा ठुलो कार्यपालिका कसरी भयो, मेरिट मिच्न पाइँदैन, अस्पतालमा डाक्टर खै लगायतका प्लेकार्ड देखाएका थिए ।
प्रतिक्रिया
ताजा अपडेट