आजवाट दशौं चरणको लिग सुरुः रंगशालामा दुई खेल हुदैँ

NepalOne ५ वैशाख २०८० १०:४८
खेलकुद

काठमाडौं, ५ बैशाख । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आजवाट दशौं चरणको खेल सुरु हुदैँछ । जसअनुसार आज दुई खेल हुनेछन ।  

पहिलो खेलमा एफसी खुमलटार र न्युरोड टिम एनआरटीबिच प्रतिस्पर्धा हुनेछ ।  त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो तीन बजे सुरु हुनेछ ।खुमलटार ९ खेलबाट १० अंक जोडेर लिगको १० औँ स्थानमा छ भने एनआरटी ७ अंकका साथ लिगको पुछारबाट दोस्रोमा छ । 

यस्तै, अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धामा उत्रनेछन् ।  यी दुई टिमबीचको खेल साँझ ६ बजे दशरथ रंगशालामा नै हुनेछ । 

मनाङ ९ खेलबाट १५ अंक जोडेर लिगको तेस्रो स्थानमा छ भने आर्मी समान खेलबाट १२ अंकका साथ लिगको आठौँ  स्थानमा छ ।


प्रतिक्रिया