सेभियासँग म्यानचेस्टर युनाइटेड पराजित, क्वाटर फाइनलवाटै बाहिरियो

NepalOne ८ वैशाख २०८० ७:४५
खेलकुद

काठमाडौं – गए राति युरोपा लिग अन्तर्गत भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड पराजित भएको छ । रोमन सान्चेज पिजुवान सेभियामा भएको खेलमा म्यानचेस्टर युनाइटेड सेभियासँग पराजित भएको छ । 

क्वाटरफाइनलको दोस्रो लेगमा ३–० ले तथा समग्रमा ५–२ ले पराजित हुँदै म्यान्चेस्टर क्वाटर फाइनलवाट बाहिरिएको हो ।  खेलको ८ औं मिनेटमा न्यास्रीको गोलबाट सेभियाले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो ।

इभान राकिटिचको पासमा ४७औं मिनेटमा लोइक बेडले गोल गर्दै सेभियाको अग्रतालाई दोब्बर पारिदिए । पहिलो हाफमा खेल २–० को अवस्थामा पुग्यो ।   त्यसपछि ८१औं मिनेटमा न्यास्रीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल  गरे ।


प्रतिक्रिया