एसीसी प्रिमियर कप : ओमानविरुद्ध कुशल मल्लको सानदार अर्धशतक

खेलकुद

काठमाडौं । एसीसी प्रिमियर लिग अन्तरगत ओमानविरुद्ध नेपालका लागी ब्याटिङ गर्दै कुशल मल्लले सानदार अर्धशतक बनाएका छन् । मल्लले ३० बलमै आफनो अर्धसतक पूरा गरेका हुन् ।
आजको म्याचमा नेपालले निकै खराब सुरूवात गर्दै दुवै ओपनरलाई शून्यमा गुमाएको थियो । कुशल भुर्तेलले ८ बल र आसिफ शेखले १० बल खेल्दा कुनै रन बनाउन सकेनन् । यसैगरी नेपालको तेस्रो र चौथो विकेट २३ रनको निजी स्कोमार रोहित र ३३ रनमा भीम आउट भएका थिए ।
यो समाचार बनाउँदासम्म कुशलले ३२ बलमा ७ चौका र ४ छक्कासहित ५५ रन जोडेका छन् ।
प्रतिक्रिया
ताजा अपडेट