एसीसी प्रिमियर लिग : कुशल मल्लको विष्फोटक कीर्तिमानी शतक

खेलकुद

काठमाडौं । एसीसी प्रिमियर लिग अन्तरगत ओमानविरुद्ध नेपालका कुशल मल्लले सानदार शतक बनाएका छन् ।
कीर्तिपुरस्थित टियु मैदानमा ओमानविरुद्ध टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि कुशलले ५९ बलमा शतक बनाएका हुन् । छैटौं नम्बरमा ब्याटिङ गरेका कुशलले ५९ बलमा ९ चौका र ९ छक्का प्रहार गरी ओडीआईमा सबैभन्दा छिटो नेपालका लागी शतक बनाउने कीर्तिमान आफनो नाममा गरेका हुन् ।
एक दिवसीयमा सतक प्रहार गर्ने कुशल नेपालका छैटों ब्याट्सम्यान हुन् । उनीअघि पारस खड्का, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेखले एक दिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि शतक हानेका छन् ।
प्रतिक्रिया
ताजा अपडेट