ओमानविरुद्ध नेपालले दियो ३११ रनको चुनौतिपूर्ण लक्ष्य

खेलकुद

काठमाडौं । एसीसी प्रिमियर कप अन्तरगत ओमानविरुद्ध नेपालले ३११ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनायो । नेपालले पहिलोपटक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० रनको स्कोर पार गरेको हो । योभन्दा अगाडि नेपालको उच्च स्कोर २९७ रन थियो ।
नेपालका लागि कुशल मल्लले शतक पुरा गरे । मल्लले ६४ बलमा १०८ रन बनाए जसमा नौ चौका र दश छक्का समावेश छन्।त्यस्तै, नेपालका लागि सोमपाल कामीले अर्द्धशतक प्रहार गरे। उनले ४८ बलमा ६३ रन बनाए। उनले नौ चौका प्रहार गरे।
त्यस्तै, भीम सार्कीले ३३, आरिफ शेखले र करण केसीले २९-२९ तथा रोहित पौडेलले २३ रन बनाए।
प्रतिक्रिया
ताजा अपडेट