सय विकेट लिदैँ सन्दीप लामिछानेले बनाए विश्व कीर्तिमान

खेलकुद

काठमाडौं / नेपाली स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबै भन्दा छिटो १ सय विकेट ल्याउने विश्व कीर्तिमान आफ्नो नाममा गराएका छन् ।
एसीसी मेन्स प्रिमियर लिगअन्तर्गत ओमानसँगको खेलमा १२ ओभर ३ बलमा अदिल सफिकलाई एलबीडब्ल्यू आउट गरेपछि सन्दीपले सो कीर्तिमान गराएका हुन् । अहिलेसम्म सबै भन्दा छिटो १ सय विकेट ल्याउने अफगानिस्तानका स्पिनर रासिद खानको नाममा रहेको थियो ।
रासिदले ४४ खेलमा १ सय विकेट पुरा गरेका थिए । रासिदको रेकर्ड तोड्दै ४२ खेलमा सन्दीपले १ सय विकेट पुरा गरेका छन्।
प्रतिक्रिया
ताजा अपडेट