इन्टर मिलान कोपा इटालियाको फाइनलमा प्रवेश

खेलकुद

काठमाडौं – गए राति भएको कोपा इटालिया अन्तर्गतको खेलमा इन्टर मिलानले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको खेलमा इन्टर मिलानले युभेन्ट्सलाई पराजित गर्दै कोपा इटालियाको फाइनलमा प्रवेश गरेको हो ।
सेमिफाइनल खेलमा १–० को गोल अन्तरको तथा समग्रमा २–१ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफको १५ औं मिनेटमा फेडरिको डिमार्कोले गरेको गोल नै निर्णायक बन्यो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।
प्रतिक्रिया
ताजा अपडेट