कुवेतविरुद्धको खेलमा रोहित र कुशलको शानदार अर्धशतक

खेलकुद

काठमाडौं / एसिसी मेन्स प्रिमियर कप एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत कुवेतविरुद्धको खेलमा नेपालका रोहितकुमार पौडेल र कुशल मल्लले शानदार अर्धशतक प्रहार गरेका छन् ।
कुशलले ४२ बलमा ४ चौका र ३ छक्का र रोहितले ५६ बलमा चार चौका र १ छक्काको मद्दतमा अर्धशतक पुरा गरे ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले २८ ओभरमा १८२ रन बनाएको छ ।
प्रतिक्रिया
ताजा अपडेट