सन्दीपले दिलाए नेपाललाई पाँचौँ सफलता

खेलकुद

काठमाडौँ / एसीसी प्रिमियर कपको जारी फाइनल खेलमा नेपाल आक्रामक रूपमा उत्रिएको छ । नेपालले युएईविरुद्ध पाँचौँ विकेट पनि लिन सफल भएको छ ।
सन्दीप लामिछानेले रोहन मुस्तफालाई आफ्नो शिकार बनाएका हुन् । यसअघि नेपालका लागि करन केसीले दुई तथा सोमपाल कामी र ललित राजवंशीले एक विकेट लिएका थिए ।
यूएईले ५१ रनमा ५ विकेट गुमाएको छ । कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा आइपुगेको हो भने ओमानलाई हराएर युएई नेपालसँग भिड्न आइपुगेको हो ।
नेपाल हालसम्म यो प्रतियोगितामा ११ वटा खेलसम्म अपराजित रहेको छ । आजको विजेताले एसिया कपमा खेल्ने अवसर प्राप्त गर्नेछ ।
प्रतिक्रिया
ताजा अपडेट