यूएईलाई हराउँदै नेपाल एसिया कपमा छनोट

NepalOne १९ वैशाख २०८० ११:४८
खेलकुद

काठमाडौं । नेपालले यूएईलाई हराउँदै यस वर्ष हुने एसिया कप क्रिकेटमा आफ्नो स्थान सुरक्षित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा एसीसी कपको फाइनलमा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको हो। 

यूएईले दिएको ११८ रनको विजय लक्ष्य नेपालले ३०.३ ओभरमा पूरा गर्याे। गुलसन झा र भीम सार्कीले विजयी साझेदारी खेले। झाले ६७ र  सार्कीले ३६ रनको योगदान दिए।

नेपाल च्याम्पियन बनेसँगै नेपाल एसिया कपमा छनोट भएको छ। अब नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछ।



प्रतिक्रिया