फ्रेन्च लिग वान : पिएसजीको सानदार जीत

NepalOne २५ वैशाख २०८० ८:०५
खेलकुद

काठमाडौ। फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सहज जीत हासिल गरेको छ । घरेलु टोली ट्रोएसलाई ३–१ ले पराजित गर्दै लिगको शिर्षस्थानमा रहेको पिएसजीले उपाधि जित्ने सम्भावना कायमै राखेको छ ।

ट्रोएसको खेल मैदानमा आइतबार राति भएको खेलको ८ औं मिनेटमा केलियन एमबाप्पेले सुरुवाती गोल गरेर पिएसजीलाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि दुवै टोलीवाट गोलका लागि अनवरत प्रयास गरे पनि कुनै गोल हुन सकेनन, अन्ततः पहिलो हाफ १–० मा टुंगियो ।

उता, दोस्रो हाफको ५९औं मिनेटमा भिटिन्हाले गोल गर्दै पिएसजीको अग्रतालाई दोब्बर पारिदिए तर ८३औं मिनेटमा जेभियर चाभालेरिनले गोल फर्काउदै खेललाई २–१ को स्थितिमा ल्याए ।अन्तिम समयमा रोमाञ्चक बन्न पुगेको खेलको ८६ औं मिनेटमा पछि फावियन रुइजले गोल गर्दै पिएसजीलाई ३–१ को स्थीतिमा अघि बढाए । अन्ततः खेल ३–१ मा टुंगिन पुग्यो ।

यस जितसँगै शीर्षस्थानको पिएसजीले ३४ खेलबाट ७८ अंक जोडेको छ भने पराजित ट्रोएस समान ३४ खेलबाट २२ अंक जोडेर १९औं स्थानमा सिमित छ ।


प्रतिक्रिया