आयुब र रुपेशलाई विश्व मिक्स बक्सिङ च्याम्पियनसिपमा स्वर्ण

NepalOne २६ वैशाख २०८० २०:५०
खेलकुद

काठमाडौँ – नेपाली खेलाडी आयुब घिमिरे र रुपेश खतिवडाले विश्व मिक्स बक्सिङ च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।

भारतको जम्मु कस्मिरमा मे ५ देखि ७ तारिखसम्म भएको प्रतियोगितामा उनीहरुले कुङफुको सान्डामा स्वर्ण जितेको बूढानीलकण्ठ कुङफुका प्रमुख प्रशिक्षक सुकमान लामाले जानकारी दिनुभयो ।

विश्व मिक्स बक्सिङ महासङ्घले आयोजना गरेको उक्त प्रतियोगितामा आयुबले पुरुष ६० केजी तथा रुपेशले ७० केजी तौल समूहमा स्वर्ण जितेका हुन् । खेलाडीलाई बूढानीलकण्ठ नगरपालिका–५ का सदस्य रणबहादुर तामाङ, प्रमुख प्रशिक्षक लामालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।


प्रतिक्रिया