फरार मञ्जु खाँण संसदमा टुप्लुक्क

प्रमुख खबर

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्ने डरले फरार रहेको आरोप खेप्दै आएकी नेपाली कांग्रेसका सांसद मञ्जु खाण संसदमा उपस्थित भएकी छन् ।
सङ्घीय संसद्को आज बसेको संयुक्त बैठकमा सांसद खाण उपस्थित रहेको संसद् सचिवालय स्रोतले पुष्टि गरेको छ । स्रोतले भन्यो, ‘माननीयज्यू आज सांसदमा उपस्थित हुनुहुन्छ । उहाँले हाजिर गर्नुभएको छ ।’
राष्ट्रपति रामचन्द्र पौडेलले आज संसद्को संयक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्दैछन् ।
शरणार्थी प्रकरणमा मञ्जु खाणका श्रीमान् बालकृष्ण खाण प्रक्राउ परेपछि उनी फरार रहेको आरोप लाग्दै आएको थियो ।
प्रतिक्रिया
ताजा अपडेट