सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिट

सर्वोच्च अदालतमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिट

काठमाडौं – नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भन्डारीले रिट दायर गरेका हुन् ।

नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने नागरिकता विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि शुक्रबार राजपत्रमा प्रकाशित भएको थियो । नागरिकता विधेयक बारे प्रारम्भिक सुनुवाइका लागि आईतबार पेशी तोकिएको अधिवक्ता भण्डारीले जानकारी दिए।

nepalone