महाकाली किनारमा शव फेला

NepalOne २७ जेठ २०८० १३:०८
प्रशासन

बैतडी / बैतडीमा महाकाली किनारमा आज एक पुरूषको शव फेला परेको छ ।

शिवनाथ गाउँपालिका– २ खैरेनी नजिक महाकाली नदी किनारमा पहिचान हुन नसकेको एक पुरूषको शव फेला परेको हो । स्थानीय बासिन्दाले शव देखेपछी प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक खत्रीको नेतृत्वमा अहिले प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।


प्रतिक्रिया