`

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – मंगलबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली देखि सामान्यतया सफा तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हस्तकला व्यापार मेलामा दुई करोडको कारोबार

काठमाडौँ, ३ पुस – गत मङ्सिर २८ गतेदेखिसोमबारसम्म यहाँ सञ्चालन भएको हस्तकला व्यापार मेलामा रु दुई करोडको कारोबार भएको नेपाल हस्तकला महासङ्घले जनाएको छ ।स्वदेशी उत्पादनलाई प्रोत्साहन गरी ती वस्तुलाई अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्र्ने उद्देश्यले आयोजित मेलामा महासङ्घका सदस्य तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश, जिल्ला हस्तकला सङ्घ र वस्तुगत सङ्घहरूसमेतको सहभागिता थियो भने मेलामा धातुकला, सुनचाँदीका गरगहना, सुती एवं ढाकाका लुगा, पश्मिना, छालाजन्य सामग्री, प्राकृतिक रेसा, बाँसका सामानलगायत अन्य हस्तकलाका सामग्री प्रदर्शनी तथा बिक्री गरिएको थियो ।

हस्तकलाका वस्तुका करिब एक सय २० वटा विक्री तथा प्रदर्शनी कक्ष राखिएको थियो भने स्वदेशी उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास गर्ने र हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थलमा भेला गराई छलफल गरिएको थियो ।

बागमती प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकारले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने यस क्षेत्रबाट देशमा वैदेशिक मुद्रा आर्जनका लागि टेवा पुगेको बताउँदै हस्तकलाले उद्यमशीलता विकास गरी रोजगारी सिर्जना गर्ने हुँदा यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको थियो । महासङ्घका अनुसार नेपाली हस्तकलाका सामग्रीे विश्वका ६० भन्दा बढी देशमा निकासी भइरहेको छन् । स्वदेशी बजारमा पनि रुचाइने यी वस्तुको कु

हेर्नुहोस् आज पौष ३ गते मंगलवारको राशिफल

मेष – व्यापार ब्यवसायबाट अर्थ लाभ प्राप्त हुनेछ । परिवार र सन्तानबाट साथ सहयोग प्राप्त हुनेछ । परिवारको साथ सहयोगले तपाईको कार्य योजना सफल हुनेछ ।यात्राबाट तपाईलाई फाइदा हुनेछ । त्यसैले आज यात्राको लागि सूर्योदय पछि मात्र निस्कनु वेश हुनेछ । यात्रा गर्दा शुभ समयमा, साइतमा मात्र हिँडनुहोला ।

वृष – वृष राशिका जातकका लागि आजको दिन अर्थलाभ हुनेछ । ब्यापारको कामबाट फाइदा हुनेछ । तपाई सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । कुनै देवालयको दर्शन गर्नुहोला । आजको दिन शनिदेवको दर्शन गरेर गरेका काम सफल हुनेछ ।

मिथुन – आजको दिन तपाईलाई परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् । त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ। मिथुन राशिमा जातकको लागि आजको दिन मौन र अनावश्यक काममा बाहिर नजानु वेश होला । आजको दिन घर परिवारको काम गरेर बस्नु नै वेश हुनेछ ।

कर्कट – आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्दा अनावश्यक खर्च बढ्नेछ । संकटाको मन्दिर क्षेत्रमा गएर कुनै गरिव व्यक्तिलाई खानेकुरा दान गर्नु उत्तम हुनेछ । विहान सूर्यनारायणलाई जल अभिषेक गर्नुहोला ।

सिंह – आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । साना कुरामा पनि विवाद हुनसक्छ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भएपनि क्रमिक सुधार हुनेछ । आजको दिन नयाँ काम शुरु नगर्दा राम्रो हुनेछ । मित्र र आफन्तजनसँगको भेटबाट तपाईलाई आर्थिक लाभ समेत हुनसक्नेछ ।

कन्या – तपाईको आज आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । देवालयको यात्राले तपाईकालाई मनमा शान्ति प्राप्त हुनेछ । शिवालयमा गएर केही खानेकुरा वितरण गर्नुहोला ।

तुला – कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नु होला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा तुला राशिका जातकले सोच विचार गर्नु उत्तम होला । अध्ययन अध्यापनको काममा रुचि जाग्नेछ ।

वृश्चिक – यात्राको अवसर र संभावना दुवै हुनेछन् । यात्रा गर्दा सूर्योदय भन्दा पछि र सूर्यास्त भन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक व्यय हुने संभावना छ । त्यसैले आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला ।

धनु – सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काममा लाग्नु होला । सामाजिक कार्यबाट नैं तपाईलाई सकारात्मक उर्जा मिल्नेछ । चन्द्रमाको साथ रहेको छ ।

मकर – देवालय र शिवालयको यात्राले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईको लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । कसैप्रति दुराग्रह छ भने पनि त्यो भाव हटाउन प्रयास गर्नुहोस् ।

कुम्भ – सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । साना बालबालबालिकहरुलाई केही खानेकुरा दिनुभयो भने तपाईको लागि दिन उत्तम रहनेछ ।

मीन – अध्यात्मिक कार्यमा आजको दिन खर्च गर्नुहोला । आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फाइदा हुनेछ । तपाईका लागि आजको दिन आफन्तजनहरुसँगको यात्राले खुसियाली छाउने छ । सामाजिक कामको समय खर्च हुनेछ । अध्यात्मयात्राले मनमा शान्ति छाउने छ । आफूभन्दा ठूलाको सम्मानबाट तपाईलाई आत्मिक शक्ति प्राप्त हुनेछ ।

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक आज पनि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक मंगलबार पनि बस्दैछ । बैठक आज बिहान ११ बजे बस्नेछ । बैठकमा पेश भएका प्रतिवेदन पारित गर्ने र विभिन्न निर्णय गरिने बताइएको छ ।

हिजोको बैठकमा समूहगत छलफल सकिएको छ । समूहगत छलफलमा कोशीमा वरिष्ठ उपाध्य रोशन कार्की, मधेस प्रदेशमा वरिष्ठ उपाध्य बुद्धिमान तामाङ, बागमती प्रदेशमा वरिष्ठ उपाध्य विक्रम पाण्डे, गण्डकी प्रदेशमा उपाध्यक्ष हेमजङ गुरुङ, लुम्बिनी प्रदेशमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, कर्णाली प्रदेशमा उपाध्यक्ष मुकुन्दश्याम गिरी तथा सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष उद्धब पौडेलले संयोजन गरेका थिए । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठक आज ११ बजे बस्ने गरी सकिएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलन आज, सभापति देउवाले उद्घाटन गर्ने

गण्डकी, ३ पुस : नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको आजदेखि हुने प्रथम सम्मेलनको तयारी पूरा भएको छ । कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले राससलाई जानकारी दिनुुभयो ।

सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारीसमेत उपस्थित हुनुहुने सभापति शर्माले बताउनुुभयो । सम्मेलनको उद्घाटन पोखरा सभागृहमा हुने र बन्दसत्र भोलि पोखरा पार्टी प्यालेसमा हुने गरी व्यवस्था मिलाइएको छ ।सम्मेलनमा पार्टीको गण्डकी प्रदेश कार्यसमितिसहित पाँच सय जना प्रतिनिधिले बन्दसत्रमा भाग लिने पार्टीको गण्डकी प्रदेश प्रचार–प्रसार समितिका उपप्रमुख शिरोमणि बरालले बताउनुुभयो ।

भूमि आयोगद्वारा महाँकालका भुमिहीन दलित र सुकुम्वासीलाई निस्सा वितरण

पाटन (ललितपुर)- राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले ललितपुरको महाँकाल गाउँपालिकाका भूमिहीन, भुमिहीन दलित र सुकुम्वासीलाई निस्सा वितरण गरेको छ । आयोग जिल्ला समिति ललितपुरका अध्यक्ष श्रीगोविन्द महर्जनका अनुसार गाउँपालिकाका ३६ भूमिहीन, भूमिहीन दलित र सुकुम्वासीलाई निस्सा वितरण गरिएको हो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले यसअघि गत जेठ ३१ मा बागमती गाउँपालिकाका ९४ भूमिहीनलाई निस्सा वितरण गरेको थियो ।

“भूमि आयोग जिल्ला समितिले निस्सा वितरणको कार्यलाई द्रूत गतिमा अगाडि बढाइरहेको छ । ललितपुर महानगरपालिकासंग सम्झौता हुन बाँकी छ, महालक्ष्मीमा हामीले गत हप्ता मात्रै सम्झौता गर्न सफल भयौँ । अब गोदावरीका बाँकी नौ वटा वडामा पनि हामी छिट्टै निस्सा वितरणका काम सम्पन्न गर्नेछौँ”, अध्यक्ष महर्जनले भन्नुभयो ।

महाँकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले आगामी चैत महिनाभित्र सबै सुकुम्वासीलाई जग्गाधनी पूर्जा वितरण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधान भइसकेपछि यस पालिकामा भूमिसम्बन्धी सम्पूर्ण समस्या हल हुनेछ । त्यसपछि कोही पनि भूमिहीन हुने छैनन् । हामी विकासको अर्को चरणमा नयाँ उत्साहका साथ लाग्ने छौँ”, प्रमुख केसीले भन्नुभयो ।

महाँकालका उपप्रमुख डोल्मा मायाँ गोलेले भूमि आयोगको सक्रियताका कारण निस्सा वितरण सम्पन्न भएको र आगामी दिनमा पूर्जा वितरणका लागि थप सहयोग, समन्वय र सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।

भूमि आयोग जिल्ला समिति सदस्य रमेशप्रसाद घिमिरे, विज्ञ सदस्य प्रतीककुमार तामाङ, सदस्य सरिना महर्जन, मालपोत कार्यालय प्रमुख ऋषिकुमार दाहाल, नापी कार्यालय ललितपुरका प्रमुख उमेश कुमार, पालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट, महाँकाल १ बुखेलका वडाध्यक्ष रामप्रसाद घिमिरे, वडा नं २ मानिखेलका वडाध्यक्ष जोनीकुमार न्यासुर, वडा नं ३ गोटिखेलका वडाध्यक्ष मनोजकुमार पराजुली, वडा नं ४ कालेश्वरका वडाध्यक्ष कृष्णप्रसाद तिमल्सिना, वडा नं ५ चन्दनपुरका वडाध्यक्ष भूमिनन्द घिमिरे र वडा नं ६ का वडाध्यक्ष विनोदकुमार चौरेल लगायतको उपस्थिति थियो ।

घरेलु कामदारमा कुवेत पुगेका महिला धमाधम गर्भ बोकेर स्वदेश फर्किँदै

काठमाडौं । इटहरीकी नाम परिवर्तित बिनुका दर्जी ४ महिनाअघि गर्भ बोकेर नेपाल फर्किइन् । गैरकानुनी बाटो हुँदै घरेलु कामदारका रूपमा कुवेत पुगेर कुवेती नागरिकको घरमा काम गर्दै गर्दा उनले कसैको गर्भ बोकिन् । त्यसपछि उनी आफूलाई उद्धार गर्न भन्दै त्यहाँ कार्यरत समाजसेवी घनश्याम थापा मगरको साथ पुगिन् ।

समाजसेवी थापाको आवश्यक सहयोगपश्चात् कागजात बनाई ४ महिनाअघि उनी नेपाल फर्किन सफल भइन् । ‘त्यो बहिनी नेपाल गएको ४ महिना भइसक्यो, उसलाई गर्भ बोकाउने केटा अझै फरार छ,’ उनले भने, ‘अझै २ जना नेपाली चेली गर्भ बोकेर बसेका छन्, उनीहरू पनि उद्धारको पर्खाइमा छन् । उनीहरू गैरकानुनी रूपमै कुवेत माभुल्लामा लिभिङमा बस्दै आएका छन्, माभुल्लाको एकै भवनमा बस्ने तीन जना नेपाली चेली गर्भवती भएका हुन् । ६ तलामा बस्ने एक जनालाई भने नेपाल पठाइसकेका छौं, बाँकी दुई जना ४ र ५ तलामा बस्छन्, पीडितले पटकपटक मसँग नेपाल जान सहयोग गरिदिन आग्रह गरे तापनि म त्यहाँ पुगेको छैन ड्युटीको व्यस्तताले गर्दा ।अहिले गर्भवती भई नेपाल फर्काउन सहयोग माग्ने दुई जना चेलीलाई पनि आवश्यक कागजात बनाई सहयोग गर्ने उनको भनाइ छ ।वार्षिक रूपमा अनुमानित २५ देखि ३० जना नेपाली चेली गर्भवती भएर नेपाल फर्काइदिनु भन्दै सहयोग माग्न आउने गरेको तथ्यांक रहेको उनले बताए ।पछिल्लो समय गैरकानुनी रूपमा कुवेत पुगेका नेपाली चेली मन मिल्दा लिभिङ टुगेदरमा बस्ने र मन नमिलेपछि गर्भ बोकाएर केटाहरू भाग्ने हुँदा धेरै चेलीले उद्धारका लागि हारगुहार गर्ने गरेका छन् ।उता, यूएईमा पनि गर्भवती भई धेरै चेलीहरू समस्यामा पर्ने गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका उपाध्यक्ष तथा राहत उद्धार संयोजक भीम मल्ल ठकुरीले बताए । उनले भने, ‘न त उनीहरूसँग कुनै भिजा छ, न त कुनै विवाह दर्ता छ, माया प्रेमपछि सँगै बस्ने गर्छन्, समस्या भएपछि केटाहरू भाग्ने गरेको पाइएको छ ।’उनले बच्चा जन्म दिएर भाग्ने र महिला अलपत्र पर्ने धेरै केसहरू आएको बताए । ‘त्यसैले क्षणभरको रमाइलोभन्दा आफ्नो जिन्दगी सोच्न र सँगै बस्ने गर्नुभन्दा पहिला त्यो मान्छे कहाँको हो, कस्तो हो बुझेर मात्र संगत गर्न म अनुरोध गर्न चाहन्छु,’ ठकुरीले भने ।उनले बस्नै परेको खण्डमा नेपालको गाउँपालिका वा नगरपालिकाबाट सिंगल लेटर मगाएर यूएईको कोर्टमा गएर विवाह दर्ता गरी बच्चा जन्माउन पनि अनुरोध गरे । यो सामाचार राजधानी दैनिकमा छ ।

सरकार भ्रष्टाचारीलाई कानुनी कठघरामा उभ्याउने लक्ष्यका साथ अगाडि बढेको छ :धनराज गुरुङ

मलेखु कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले वर्तमान सरकारको पहिलो ध्येय सुशासन भएको बताउनुभएको छ । सरकारले भ्रष्टाचारका फाइल खोलेर भ्रष्टाचारीलाई कानुनी कठघरामा उभ्याउने लक्ष्यका साथ अगाडि बढेको उहाँले स्पष्ट पार्नुभयो ।

धादिङको ज्वालामुखी गाउँपालिकास्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता समापन समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “देशमा चलखेल भइरहेको छ । कोही सरकार ढाल्ने दाउमा छन् । कोही देशको व्यवस्था नै ढाल्दिन्छम भन्नेहरू पनि छन् । हामीले देश र जनताका लागि राजनीति गरेका हौँ । व्यवस्थालाई दोष होइन नेता आफैँ सुध्रिनुपर्छ ।”

देशका विकृति तथा विसङ्गतिहरू निर्मूल पार्न सम्बन्धित मन्त्रालयबाट कानुन बनाएर ल्याउने र विधेयक तयार पार्नुपर्नेमा मन्त्री गुरुङको जोड थियो । अन्य मन्त्रालयले सुशासनका विषयमा विधेयक ल्याए कानुन मन्त्रालयले सहमति दिनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । “मैले मात्र लेख्न मिल्ने भए खुरुखुरु दर्जनौँ कानुन लेख्ने थिएँ । नेपाली जनताको न्याय गर्ने थिएँ,” उहाँले भन्नुभयो ।

सेनाको सुडान काण्ड दोहोर्याउँदै छ ?

काठमाडौं । नेपाल प्रहरीको चर्चित सुडान घोटालाका मुख्य सहयोगी ठेकेदार नेपाली सेनाले खरिद गर्ने सामानको ठेक्कामा जोडिएको पाइएको छ । सुडान घोटालाका मुख्य व्यक्ति शम्भु भारती हुन् । उनी नेपाली सेनाले भारतबाट खरिद गर्न लागेको महिन्द्रा कम्पनीका चारवटा आर्म पर्सनल क्यारियर (एपिसी) खरिदका लागि नेपाल ‘एजेन्ट’ रहेका छन् ।

नेपाल प्रहरीकै शिर झुकाउने उक्त घोटालाका मुख्य सहयोगी ठेकेदार भारतीमार्फत नेपाली सेनाले भारतबाट एपिसी खरिदका लागि एलसीसमेत खोलिसकेको छ । भारती सुडानको डार्फरमा तैनाथ नेपाल प्रहरीका लागि खरिद गरिएको ४४ करोडको एपिसीमा साढे २८ करोडबराबरको भ्रष्टाचारमा मुछिएका थिए । सो काण्डमा उनीलगायत तत्कालीन प्रहरी महानिरीक्षकले जेल सजायसमेत भुक्तान गरेका थिए ।

भारतीको कम्पनी भगवती ट्रेडर्स नेपाली सेनाको सामान ल्याउने नेपाली सहजकर्ता बनेको सैनिक स्रोतको दाबी छ । नेपाली सेनाले चीनबाट पनि २६ वटा एपिसी खरिद गर्न ३३ मिलियन अमेरिकन डलर (करिब ४ अर्ब ४२ करोड रकम) बराबरको सैनिक सामग्री खरिद गर्ने निर्णय गर्दै हिमालय बैंकमा एलसी खोलेको छ । गत साता नेपाली सेनाले त्यसका लागि दुईवटा एलसी खोलेको हो । चीनबाट सैन्य सामग्री ल्याउने निश्चित भएको छ । यो समाचार नागरिक दैनिकमा छ ।

संघीय निजामती विधेयक प्रधानमन्त्री कार्यालयमै गायब

काठमाडौं । सरकारले गत संसद् अधिवेशनमा नै संसद्मा दर्ता गर्ने निर्णय गरेको संघीय निजामती सेवा विधेयक साठे तीन महिनादेखि गायब हँदै आएको छ। संसद् चालु रहेकै अवस्थामा गत २१ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता गर्ने निर्णयगरेको थियो ।

तर, त्यसपछि सो विधेयक एकाएक गायब पारिएको थियो । विधेयक गायब पारिएकाले त्यतिखेर संसद्मा दर्ता नै हुन सकेन । दर्ता नभएकाले विधेयक संसद्मा छलफल हुने अवस्था नै नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का र्यालय स्रोतले जानकारी दियो । त्यसलगत्तै संसद् अधिवेशन समाप्त भएको थियो ।

त्यतिखेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा ऐन जसरी पनि ल्याएरै छोड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । तर, विधेयक गायब भएसँगै प्रधानमन्त्रीको प्रतिबद्धताले हावा खाएको छ । संविधान जारी भएलगत्तै आउनुपर्ने संघीय निजामती सेवा ऐन ८ वर्षदेखि आउन सकेको छैन । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

पुस १० गते प्रधानमन्त्री दाहाललाई नागरिक अभिनन्दन गरिने

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्यापू संस्कृति विकास कोषले यही पुस १० गते नागरिक अभिनन्दन गर्नेभएको छ । राष्ट्रिय ज्यापू दिवसको सन्दर्भमा प्रधानमन्त्री दाहाललाई वसन्तपुरमा एक कार्यक्रमकाबीच नागरिक अभिनन्दन गर्न लागेको व्यवहोरासहित बालुवाटारमा झाँकीसहित कोषले निमन्त्रणापत्र दिएको हो ।

प्रधानमन्त्री दाहाललाई राजनीतिक राज्यव्यवस्था परिवर्तन गर्दै समृद्धि, सुशासन, सामाजिक न्याय, समाजवाद उन्मुख लोकतन्त्र र सङ्घीयतालाई व्यावहारिक रुपमा लागू गरेको, नेपाल सम्बतलाई सरकारी दस्तावेजमा उल्लेख गर्न र बागमती प्रदेशमा नेपालभाषा (नेवारी) र तामाङ भाषालाई मान्यता दिन अभिभावकीय भूमिका निर्वाह गर्नुभएकाले सो नागरिक अभिनन्दन गर्न लागेको कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले जानकारी दिनुभयो ।

निमन्त्रणापत्र बुझ्दै प्रधानमन्त्री दाहालले संस्कृतिमा धनी काठमाडौँ उपत्यका आदिवासी ज्यापू जातिको संस्कृति, सङ्गीत बाजाजागा, रीतिरिवाज, रहनसहनलगायत सामाजिक, सांस्कृतिक उत्थानको लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

‘‘नेपाल सम्बतलाई सरकारी दस्तावेजमा उल्लेख गर्ने र बागमती प्रदेशमा नेपाल भाषालाई सरकारी मान्यता दिनु सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सबैभन्दा ठूलो उपलब्ध हो’’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘सङ्घीयता, लोकतन्त्र र गणतन्त्रप्रति बेला एकथरीले अनावश्यक रुपमा प्रहार गर्ने दुस्साहस गरेको बेला काठमाडौँका नेवार समुदायले सरकारले गरेका निर्णयलाई स्वागत गरेर अभिनन्दन गर्ने निर्णय गरेकोमा धन्यवाद दिन चाहन्छु ।’’
उहाँले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अक्षयकोषको लागि प्रदान गर्नुभएको रु १० करोड निकासा गर्ने बताउनुहुँदै नेपाली जनताले सरकारले गरेका राम्रा काममा समर्थन गरिरहेको बताउनुभयो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष र जापानी राजदूतबीच भेटवार्ता

लुम्बिनी, २ पुस : लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा र नेपालका लागि जापानी राजदूत किकुता युताकाबीच आज भेटवार्ता भएको छ । भेटमा बुद्धजन्मस्थल लुम्बिनीको धार्मिक, ऐतिहासिक र पुरातात्विक विकास एवं लुम्बिनी गुरुयोजनालगायत विषयमा उपाध्यक्ष डा लामा र राजदूत किकुताबीच छलफल भएको हो ।

उपाध्यक्ष लामाले बुद्धजन्मस्थल लुम्बिनी विश्वशान्तिको केन्द्र भएको बताउँदै यसको विकासका लागि जापानसँग कोषले सहकार्य गरेर अगाडि बढ्न चाहेको बताउनुभयो । सन् १९७८ मा जापानी वास्तुकलाविद् केन्जो टाङ्गेले तयार पारेको लुम्बिनी गुरुयोजना कार्यान्वयनका सम्बन्धमा पनि राजदूतसँग उपाध्यक्ष लामाले छलफल गर्नुभयो ।  

भेटमा राजदूत युताकाले विश्वभरका बौद्धमार्गी र शान्तिका अनुयायीहरुको पवित्रस्थल लुम्बिनी भएकाले यसको विकासमा सहकार्य गर्न जापन सदैव तयार रहेको प्रतिबद्धता बताउनुभयो । भेटमा दुई देशबीचको मित्रवत् सम्बन्ध, बुद्धजन्मस्थल लुम्बिनीका बारेमा जापानमा प्रचारप्रसार गर्न र लुम्बिनीको विकासका सम्बन्धमा सहकार्यका विषयमा समेत छलफल भएको थियो । राजदूत किकुतालाई उपाध्यक्ष डा लामासहित कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्यसचिव सानुराजा शाक्यलगायतले स्वागत गर्नुभएको थियो । राजदूतसहितको टोलीले मायादेवी मन्दिर, शान्तिदीपलगायत क्षेत्रको भ्रमण पनि गर्नुभयो । 

इलामको देउमाईका २०७ एकल पुरुषलाई मासिक भत्ता

फिक्कल (इलाम), २ पुस : एकल महिलाले सङ्घीय सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ । उस्तै अवस्थाका पुरुषका लागि भने त्यस्तो व्यवस्था छैन ।

तर, इलामको देउमाई नगरपालिकाले भने त्यस्ता पुरुषका लागिसमेत मासिक भत्ताको व्यवस्था गरेको छ । देउमाईले ६० वर्ष उमेर पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका ६० वर्ष उमेर पुगेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ६० वर्ष उमेर पुगेका पुरुषलाई रु एक हजार मासिक भत्ता वितरण गर्दै आएको छ ।

देउमाई नगरपालिकाले एकल पुरुष भत्ता वितरणसम्बन्धी कार्यविधि पारित गरी एकल पुरुषलाई भत्ता वितरण गर्दै आएको छ । देउमाईले गएको आर्थिक वर्ष २०७९÷८० मा नगरभित्रका दुई सय सात जना एकल पुरुषलाई रु २४ लाख ८४ हजार भत्ता उपलब्ध गराएको लेखा अधिकृत गजेन्द्र येक्तेनले जानकारी दिनुभयो ।

चालु आवमा भने गत वर्षको तुलनामा एकल पुरुषको सङ्ख्या १० जनाले घटेको छ । चालु आवको पहिलो त्रैमासिकमा एक सय ९७ जना एकल पुरुषले भत्ता लिएका छन् । लेखा अधिकृत येक्तेनका अनुसार पहिलो त्रैमासिकमा एक सय ९७ जना एकल पुरुषले रु पाँच लाख ९१ हजार भत्ता लिएका छन् । देउमाई नगरपालिकाले चालु आवमा एकल पुरुष भत्ताका लागि रु २८ लाख विनियोजन गरेको छ । एकल पुरुषको समेत जीवन सहज बनाउने उद्देश्यसहित एकल पुरुषलाई मासिक भत्ता दिन थालिएको देउमाई नगरपालिकाका प्रमख सूर्य पोख्रेलले बताउनुभयो । “सङ्घीय सरकारले एकल महिलालाई मात्र भत्ता उपलब्ध गराउँछ ।

हामीले एकल पुरुषलाई पनि भत्ता दिन थाल्यौँ”, नगरप्रमुख पोख्रेलले भन्नुभयो, “यसले एकल महिला र एकल पुरुष दुवैलाई जीवन सहज बनाउन थोरै भए पनि सहयोग मिलेको छ ।” अविवाहित महिला र तेस्रोलिङ्गीलाई भत्ता त्यसैगरी देउमाई नगरपालिकाले ४५ वर्ष उमेर पुगेका अविवाहित महिला र तेस्रोलिङ्गीलाई भत्ता दिँदै आएको छ । ४५ वर्ष उमेर पुगेका अविवाहित महिलालाई मासिक रु एक हजार र तेस्रोलिङ्गीलाई मासिक रु पाँच सयका दरले उपलब्ध गराउँदै आएको छ । गएको आवमा देउमाईका ८८ जना ४५ वर्ष उमेर पुगेका अविवाहित महिलाले रु १० लाख ५६ हजार पाएका छन् ।

चालु आवमा भने गत वर्षको तुलनामा दुईजना थप भएको छ । चालु आवको पहिलो त्रैमासिकमा ९० जना ४५ वर्ष उमेर पुगेका अविवाहित महिलाले रु दुई लाख ७० हजार भत्ता लिएका छन् । देउमाई नगरपालिकाले चालु आवमा ४५ वर्ष उमेर पुगेका अविवाहित महिला भत्ताका लागि रु १० लाख विनियोजन गरेको छ । तेस्रोलिङ्गीहरु भने भत्ता लिन कोही नआएको लेखा अधिकृत येक्तेनले बताउनुभयो ।

इजिप्टका राष्ट्रपति सिसी पुनः निर्वाचित

इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसी ८९ दशमलव छ प्रतिशत मतका साथ छ वर्षको नयाँ कार्यकालका लागि विजयी हुनुभएको निर्वाचन प्राधिकरणले सोमबार घोषणा गरेको छ । प्राधिकरण प्रमुख हेजेम बदावीका अनुसार इजिप्टमा ६६ दशमलव आठ प्रतिशत ‘अभूतपूर्व’ मतदान भएको छ । एक दशकसम्म सबैभन्दा धेरै जनसङ्ख्या भएको अरब मुलुकमा शासन गर्ने पूर्वसेनाप्रमुख सिसीको पक्षमा तीन करोड ९० लाखभन्दा बढीले मत दिएका थिए ।

डिसेम्बर १० देखि १२ सम्म भएको मतदानमा राष्ट्रपतिको लडाइँ तीन अज्ञात आफन्तसँग थियो । रिपब्लिकन पिपुल्स पार्टीको नेतृत्व गर्ने उपविजेता हेजम उमरलाई चार दशमलव पाँच प्रतिशत मत हासिल भयो । त्यसपछि वामपन्थी झुकाव भएको इजिप्टको सोसल डेमोक्रेटिक पार्टीका नेता फरित जहरान र एक शताब्दी पुरानो तर अपेक्षाकृत सीमान्त पार्टी वफदबाट अब्देल–सनद यामामा क्रमशः तेस्रो र चौथो स्थानमा आउनुभयो । अब सिसी अप्रिलदेखि सुरु हुने आफ्नो तेस्रो र संविधानअनुसार अन्तिम कार्यकाल पूरा गर्नका लागि तयार हुनुहुन्छ ।

इजिप्ट आफ्नो अहिलेसम्मको सबैभन्दा खराब आर्थिक सङ्कट र छिमेकी गाजामा इजराइल–हमास युद्धका कारण व्यापक तनावले घेरिएको भए पनि सिसीको जित कुनै आश्चर्यको कुरा होइन । इजिप्टमा मुद्रा खस्किएको छ र वार्षिक मुद्रास्फीति ३६ दशमलव चार प्रतिशतमा चलिरहेको छ ।

यसबाट साताका क्रममा केही खाद्य पदार्थको मूल्य बढ्दा घरेलु बजेट प्रभावित भइरहेको छ । वर्तमान आर्थिक सङ्कटअघि पनि इजिप्टको १० करोड ६० लाख जनसङ्ख्यामा करिब दुई तिहाइले गरिबीको रेखामुनि वा त्योभन्दा तलको जीवन गुजारा गरिरहेका थिए ।

भारतीय संसद्‍मा हंगामा : ७८ सांसद् निलम्बित


विभिन्न विपक्षी दलका ७८ जना संघीय सांसदलाई ‘पटक–पटक संसद्को कार्यवाही अवरुद्ध गरेको’ भन्दै जारी हिउँदे अधिवेशनको बाँकी अवधिका लागि सोमबार निलम्बित गरिएको छ । भारतीय संसदको तल्लो सदन लोकसभाका ३३ र माथिल्लो सदन राज्यसभाका ४५ जना सांसदको संलग्नता रहेको यो निलम्बनलाई भारतको संसदीय इतिहासमा सांसदहरूको सबैभन्दा ठूलो निलम्बनको रूपमा वर्णन गरिएको छ ।

गत साता लोकसभाका १३ र राज्यसभाका एक गरी १४ सांसदलाई सदनको कार्यवाहीका क्रममा ‘अमर्यादित आचरण’ गरेको भन्दै निलम्बित गरिएको थियो ।त्यसैगरी, गत डिसेम्बर १३ मा दुई जना युवाले भिजिटर्स ग्यालरीबाट लोकसभा प्रवेश गरी सङ्घीय सरकारविरुद्ध नाराबाजी गर्दै रङ फ्याँकेपछि संसद्भित्र सुरक्षा उल्लङ्घनको विषय उठाउँदै पटक–पटक स्थगन भएपछि सांसदहरूलाई निलम्बन गरिएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरक्षा उल्लङ्घनको घटना ‘अत्यन्त गम्भीर’ भएको बताउनुभएको छ । सोमबार निलम्बित विपक्षी सांसदहरूले सांसदहरूको निलम्बन फुकुवा गर्न र संघीय गृहमन्त्री अमित शाहले गत हप्ता संसद सुरक्षा उल्लङ्घनको घटनालाई लिएर वक्तव्य जारी गर्न माग गरेका थिए । निलम्बनपछि लोकसभाको नियमित कारबाही दिनभरका लागि स्थगित गरिएको थियो ।

अहिलेको नयाँ शक्ति माओवादी भएको उपमहासचिव वर्षमान पुनको दाबी

मनहरी(मकवानपुर), २ पुस : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले अहिलेको नयाँ शक्ति भनेको माओवादी भएको दाबी गर्नुभएको छ । हेटौँडामा प्रेस सेन्टर मकवानपुरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकारले राम्रा काम गर्न खोज्दा सबैतिरबाट घेराबन्दी भएको बताउनुभयो ।

यो सरकारले सुशासनका विषयमा धेरै काम गरेको बताउँदै नेता पुनले अब सरकारले गति लिनेमा विश्वास व्यक्त गर्नुभयो । एमाले पनि २०५१ मा फुटेपछि पहिलो पार्टी बन्न १९ वर्ष लागेको उल्लेख गर्दै उहाँले माओवादी पनि त्यही लाइनमा रहेको बताउनुभयो ।पहिलो चौमासिकमा सरकारको काम सुस्त देखिनु स्वाभाविक रहेको बताउँदै आगामी चौमासिकमा सरकारको गति उच्च रहने तर्क गर्नुभयो । सरकारले सुशासनको सन्दर्भमा गरेको राम्रो कामलाई असफल बनाउन घेराबन्दी भइरहेको भन्दै उहाँले राम्रो कामलाई सबै दलले सहयोग गर्नुपर्ने संस्कारको विकास जरुरी रहेको बताउनुभयो । सरकारले सोचेजस्तो खर्च गर्न नसकेको कुरा सही रहेको बताउँदै पुनले खर्च गर्ने प्रणालीको पुननिर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।नेता पुनले २०६४ सालमा संविधान बनाउन नसकेर संसद् विघटन गर्नु नै पार्टी ओरालो लाग्नुको प्रमुख कारण भएको बताउनुभयो । त्यसयता माओवादीमा आएको टुटफुट पनि ठूलो समस्या भएको भन्दै उहाँले अब माओवादी कमब्याकको चरणमा रहेको बताउनुभयो ।

नेपाल सुपर लिग फुटबल : धनगढी र काठमाडौँबीचको खेल बराबरीमा सकियो

काठमाडौँ, २ पुस : राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितअन्तर्गत आज भएको धनगढी एफसी र काठमाडौँ रेजर्सबीचको खेल बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला सम्पन्न खेलमा धनगढी र काठमाडौँबीचको खेल १–१ गोलको बराबरी सकिएको हो । यससँगै दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् । खेलमा पहिलो अग्रता भने धनगढीले लिएको थियो । खेलको १५औँ मिनेटमा धनगढीका अहमद हिजाजीको गोल गर्दै आफ्नो टोलीलाई पहिलो अग्रता दिलाए ।

त्यस्तै, खेलको ६६औँ मिनेटमा काठमाडौँले बराबरी गोल ग¥यो । काठमाडौँको तोजीदिनोभको क्रसमा किङ्गे ओलिभरले हेडरमार्फत गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र खेल एक–एक गोलको बराबरीमा सकियो । यस खेलसँगै धनगढीले ६ खेलको समाप्तिमा १२ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ । काठमाडौँ पाँच खेलमा नौ अङ्कसहित अङ्क तालिकाको चौथो स्थानमा यथावत् रहेको छ ।

भूकम्प प्रभावितका लागि एक अर्ब निकासा

काठमाडौँ, २ पुस : भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा उच्च प्राथमिकता दिएको सरकारले रु एक अर्ब रुपैयाँ निकासा गरेको छ राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकम मध्ये आज रु ९३ करोड सम्बन्धीत जिल्लामा पठाइएको छ ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले रासससँग भन्नुभयो, “हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो, हामीले आज तत्कालै ९३ करोड रुकम पठाएका छौँ, प्रभावितका लागि सरकारको प्राथमिकताअनुसार नै हामीले रकम पठाएका हौँ ।” उहाँले यसअघि पनि सकेसम्म छिटो रकम निकासा गर्ने प्रयास प्राधिकरणले गरेको जानकारी दिनुभयो ।

यसअघि कोषमा जम्मा भएको रकम पठाइएकामा अहिले भने अर्थ मन्त्रालयबाट प्राप्त रकम जिल्लामा पठाइएको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार अर्थबाट निकासा भएको यो रकम पहिलो हो । गत कात्तिक २७ को मन्त्रिपरिषद्को निर्णयले रु १० अर्ब पठाउने निर्णय गरेको थियो । सोहीअन्तर्गत अर्थले रु एक अर्ब भूकम्प पीडितका लागि निकासा गरेको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले निकासा भएको रकम जाजरकोटमा रु ५४ करोड, रुकुम पश्चिममा ३४ करोड र सल्यानमा पाँच करोड पठाइएको बताउनुभयो । यसअघि प्राधिकरणले अस्थायी आवास निर्माणका लागि रु एक अर्ब ४१ करोड पठाइसकेको छ । यसबाट ती जिल्लामा अवास निर्माण जारी छ ।

पछिल्लो तथ्याङ्कअनुसार हालसम्म ६० हजार तीन सय ३७ लाभग्राही कायम भएका छन् । १५ हजार सम्झौता भएकामा पहिलो किस्तावापत चार हजार तीन सय ६४ घर निर्माण भइसकेको छ । घर निर्माण र सम्झौता हुने क्रम दैनिक थपिरहेका जनाइएको छ ।

कांग्रेसभित्र घात गर्नेलाई कारबाही गरौँभन्दा दिँदैनन्ः सभापति देउवा

नुवाकोट । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानअनुसार कुनै एक दलले बहुमत ल्याउन सक्ने अवस्था नभएका कारण एकभन्दा बढी दल मिलेर सरकार बनाउन बाध्य भएको बताएका छन् ।

नेपाली कांग्रेस नुवाकोटको ‘प्रथम जिल्ला सम्मेलन’लाई सोमबार नुवाकोटको विदुरमा सम्बोधन गर्दै सभापति देउवाले समावेशी र समानुपातिक निर्वाचन प्रणालीलाई सुनिश्चित गराई ‘राम्रो संविधान’ बनाएको कारण राजनीतिक दलले बहुमत ल्याउन सक्ने अवस्था नभएको बताए ।

“अहिलेको संविधानमा आदिवासी जनजाति, महिला तथा दलितलगायत पछिपरेका समुदायको प्रतिनिधित्व अनिवार्य गराई संविधान राम्रो बनायौँ । तर, कुनै एक दलले बहुमत ल्याउन सक्ने अवस्था यो निर्वाचन प्रणालीबाट सकिन्न,”उनले भने, “निर्वाचनमा ठूलो दल भए पनि बहुमत नभएको कारण एक अर्को दलसँग मिलेर सरकार सञ्चालनमा सहभागी भएका छौं।”

सभापति देउवाले आफ्नो पाटीभित्र घात अन्तरघात कायम रहेको भन्दै असन्तुष्टि जनाए । “कांग्रेसभित्र खुट्टा तानातानको प्रवृत्ति विगतदेखि अहिलेसम्म छ । घात गर्नेलाई कारबाही गरौँभन्दा दिँदैनन्,”उनले भने, “पार्टीलाई हराभर बनाएर ठूलोमात्र होइन, बहुमत प्राप्त दल बनाउन सबैको साथ हुनुपर्छ ।”

उनले कांग्रेस भित्रको गुटउपगुट हटाई पार्टी एकढिक्का भए अर्को चुनावमा बहुमत ल्याउन सक्ने विश्वास व्यक्त गरे ।

सम्मेलनमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टी सञ्चालनमा व्यक्ति हाबी भएको आरोप लगाए । “पार्टीको जिम्मेवारीदेखि अर्को दलले नेतृत्व गरेको सरकारमा जान हुने कि नहुने, जाने हो भने कसलाई कुन जिम्मेवारीमा पठाउने भन्नेमा एक पक्षीय निर्णय भइरहेको छ,” केसीले भने, “सरकारमा सहभागी मन्त्रीहरुका काण्डहरुको समीक्षा हुनुपर्छ । पाटी सुधार्न सके देश सञ्चालनमा सुधार आउँछ ।”

पार्टी प्रवक्ता डा प्रकाशशरण महतले सरकारले प्रभावकारी र जनअपेक्षाअनुसार काम गर्दै आइरहेको दाबी गरे । “राज्यको सीमित स्रोत र साधनमा जनताको असीमित आवश्यकता पूरा गर्दै आइरहेका छौँ,” महतले भने, “सरकारको राम्रो कामको प्रचार गरौँ, अनावश्यक टिप्पणी गरेर जनतालाई भ्रमित बनाउन दल भित्रैबाट भइरहेको कदम बन्द गर्नुपर्छ ।”

कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामाले कांग्रेसको सहभागितामा केन्द्रदेखि प्रदेशसम्मको सरकार सञ्चालनमा जनहितका कामहरु प्रशस्त भएको दाबी गरे ।

आज जनकपुरधाममा २५ जोडीको निःशुल्क विवाह

महेन्द्रनगर (धनुषा), २ पुस : विश्व हिन्दू परिषद्ले आज जनकपुरधाममा २५ जोडी वरवधूको निःशुल्क विवाह गराएको छ ।परिषद् अध्यक्ष सन्तोष साहको सक्रियतामा जनकपुरधामको जानकी मन्दिरमा शुभ विवाहको कार्यक्रम आयोजना गरिएको हो । भगवान् श्रीराम तथा माता सीताको शुभ विवाह भएको अवसर पारेर जनकपुरधाममा सामूहिक निःशुल्क विवाहको आयोजना गर्नुभएको परिषद्का केन्द्रीय सदस्य डा मनोहर साहले बताउनुभयो ।

सामूहिक शुभ विवाहका लागि लगन आवश्यक नभएको कारणले शुभ विवाहको आयोजना गर्नुभएको पनि परिषद्का केन्द्रीय सदस्य साह बताउनुहुन्छ । 

विवाहमा बेहुला तथा बेहुलीका लागि आवश्यक पर्ने कपडा, एक थान पोतेसहितका आवश्यक पर्ने सबै सामग्री परिषद्ले निःशुल्क रुपमा उपलब्ध गराएको थियो । विवाहलाई कम खर्चिलो तथा ऐतिहासिक बनाउन निःशुल्क विवाहका लागि गरिब तथा विपन्न वर्गका बेहुलाबेहुलीको छनौट गरिएको केन्द्रीय सदस्य साहले बताउनुभयो । 

विवाहमा आउने जन्ती तथा परिवारलाई भोजन तथा आवासको व्यवस्थापन कलवार धर्मशालामा परिषद्ले नै गरेको छ । विगत पाँच वर्षदेखि विश्व हिन्दू परिषद्ले सामूहिक विवाहको आयोजना गर्दै आएको छ । यसले विवाहमा हुने भड्किलो खर्चमा कमी आउनाका साथै अर्थका कारणले विवाह हुन नसकेकालाई राहत मिल्ने गरेको विवाहमा आएका बेहुली पक्षका आफन्तहरुले बताएका छन् । 

विश्व हिन्दू परिषद् नेपालले विगत चार वर्षदेखि जनकपुरधाममा विवाह पञ्चमीको भोलिपल्ट सामूहिक विवाह कार्यक्रम गर्दै आएको छ । विवाहका नाममा लिने दाइजो (दहेज) प्रथालाई चुनौती दिँदै ती जोडीहरुलाई आदर्श विवाह गरिएको हो । प्रत्येक जोडीका लागि छुटाछुट्टै मण्डप अर्थात् मडबा बेदी बनाइएको जिल्ला अध्यक्ष सन्तोष साहले बताउनुभयो । सामूहिक विवाहका लागि जनकपुरका सहयोगी हातहरुले सहयोग गर्नुभएको छ । 

आयोजकले विवाहपूर्व झाँकी पनि निकालेर नगर परिक्रमा गरेको थियो । जनकपुरधाम रामसीताको विवाहस्थल भएकाले वैवाहिक संस्कार विकास गर्न र देश विदेशबाट यहाँ व्यक्तिहरू विवाहका लागि आउने वातावरण तयार गर्न नै परिषद्ले सनातन परम्पराको सामूहिक विकास हेतु सामूहिक विवाहको कार्यक्रम आयोजना गरेको केन्द्रीय सदस्य डा मनोहर साहले बताउनुभयो । गरिब र असहायलाई विवाहमा लाग्ने भारी खर्चबाट पनि जोगाउनु सबैभन्दा ठूलो दान कन्यादानको अवसर सबैले पाऊँन् भन्ने वातारण तयारी लागि पनि यो अवसर उपयुक्त हुन्छ भनेर नै यो सामूहिक विवाह उत्सव अवसरका रुपमा रहेकोे केन्द्रीय सदस्य साहले बताउनुभयो ।

आज बिहान  कलवार कुट्टीमा वरवधू पक्षलाई भोजनपश्चात् नगर परिक्रमा गराएको थियो । विश्व हिन्दू परिषद् नेपालले गरेको सामूहिक विवाहको आह्वानमा तराई मधेसको विभिन्न जिल्लाका बेहुलाबेहुली पक्षले विवाहका लागि फारम भर्नुभएको थियो । कानुनअनुसार बेहुलाबेहुलीको विवाह गर्ने उमेर पुगेको हुनुपर्ने सर्त राखिएकाले २० वर्षमाथिका बेहुलाबेहुलीको अभिभावकले फाराम भरेको थियो । आवेदन फाराममा वर र वधूको उमेर खुल्ने नागरिकता वा जन्मदर्ता संलग्न गरिएको थियो । 

एमालेको’झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’ सफल :उपाध्यक्ष पोखरेल

झापा, २ पुस : नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ‘झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’ले लोकतन्त्र र समृद्धिको पक्षमा राष्ट्रिय एकताको बलियो सन्देश प्रवाहित गरेको बताउनुभएको छ । प्रेस चौतारी झापाद्वारा आज विर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा उहाँले एमालेको यो यात्रा सफल भएको बताउनुभयो ।

“यो यात्रा कसैका विरुद्ध थिएन,” उहाँले भन्नुभयो, “आम जनताले यात्राका क्रममा देखाउनुभएको अपार सहभागिताले मध्यपहाडी पुष्पलाल लोकमार्ग आसपासका बासिन्दा विकास र रोजगारी चाहन्छन् । तमाम बेथितिको अन्त्य चाहन्छन् भन्ने स्पष्ट भएको छ ।”

सङ्कल्प यात्राका क्रममा मध्यपहाडी जनताको चाहना बुझ्ने र उहाँहरुको सुझाव लिने एमालेको लक्ष्य पूरा भएको जनाउँदै उहाँले जनता एमालेप्रति आशा, भरोसा र सद्भाव बढेको दाबी गर्नुभयो ।

रोजगारी र विकासको अभावमा पहाडका जनता गाउँ रित्याएर बसाइँ सरिरहेको देखिएको हुँदा अब पहाडमा के कस्तो विकास चाहिन्छ भन्ने विषयमा एमालेले यात्राबाट यथार्थ जानकारी हासिल गरेको उहाँले बताउनुभयो ।

सङ्कल्प यात्रामा आम जनतासँगै सुरक्षाकर्मी र अन्य राजनीतिक दलबाट समेत राम्रो सद्भाव प्राप्त भएको उहाँको भनाइ थियो । उहाँले सोचेभन्दा राम्रो उपलब्धि भएको धारणा व्यक्त गर्दै सङ्कल्प यात्राबाट प्राप्त अनुभवका आधारमा निकट भविष्यमा एमालेले आगामी दिनमा गर्नुपर्ने कार्यको व्यवस्थित विवरण सार्वजनिक गर्ने जानकारी दिनुभयो ।

‘आर्थिक विकास, आयवृद्धि र रोजगारी सृजनाको कार्य सामूहिक प्रयासबाट मात्र सम्भव हुन्छ’ – मुख्यमन्त्री कार्की

विराटनगर, २ पुस : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आर्थिक विकास, आयवृद्धि र रोजगारी सृजनाको कार्य सामूहिक प्रयासबाट मात्र सम्भव हुने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशद्वारा प्रकाशित ‘कोशी प्रदेशको आर्थिक व्यावसायिक पाश्र्वचित्र–२०८०’ को आज यहाँ लोकार्पण गर्दै उहाँले सार्वजनिक र निजी क्षेत्रबाट गरिने लगानीका बीच सामञ्जस्य कायम गर्न सके सीमित स्रोतको उच्चतम प्रयोग भई आर्थिक विकास र समृद्धिको लक्ष्य प्राप्त हुन्छ भन्नुभयो । उहाँले आन्तरिक र बाह्य लगानी बढाउन प्रतिस्पर्धात्मक लाभका क्षेत्र पहिचान गर्ने तथा लगानीमैत्री वातावरण तयार गर्न सरकार र निजी क्षेत्रका बीच प्रभावकारी समन्वय र साझेदारीको आवश्यकता रहेकामा जोड दिनुभयो ।

उहाँले कोशी प्रदेशको आर्थिक विकास र समृद्धिको यात्राअघि बढाउन सरकारले अनुकूल र लगानीमैत्री वातावरण गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको धारणा व्यक्त गर्नुभयो ।

लगानी विस्तारका साथै आय र रोजगारी प्रवर्द्धनका लागि पनि प्रदेश सरकाको आर्थिक अवस्था र सम्भावनासम्बन्धी तथ्याङ्कको उपलब्धता अनिवार्य हुने जनाउँदै उहाँले महासङ्घले तयार पारेको प्रादेशिक अर्थतन्त्र र आर्थिक गतिविधिसम्बन्धी तथ्याङ्कले सरकारका लागि निकै उपयोगी हुने छ भन्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले निजी क्षेत्रबाट पहिलो पटक प्रकाशित यो तथ्याङ्कले उद्योग, व्यापार तथा पर्यटन क्षेत्रमा लगानी गर्न चाहने व्यवसायीलाई फाइदा पुग्ने कुरामा जोड दिनुभयो ।

स्थानीय सरकार सञ्चालनमा देखापरेका समस्या समाधान हुन्छ – मुख्यमन्त्री जमकट्टेल

मनहरी, २ पुस : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले कर्मचारी अभाव, नदीजन्य सामग्री (दहत्तर बहत्तर सङ्कलन) लगायत स्थानीय सरकार सञ्चालनका क्रममा परेका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । मुख्यमन्त्री कार्यालय हेटौँडामा आज गाउँपालिका राष्ट्रिय महासङ्घ बागमती प्रदेश समितिले बुझाएको ध्यानाकर्षणपत्र ग्रहण गर्दै उहाँले गाउँपालिका महासङ्घले उठाएका समस्या समाधानका लागि आफू तयार रहेको जानकारी दिनुभयो ।

दहत्तर बहत्तर सङ्कलनमा देखिएको समस्याका बारेमा आफूलाई जानकारी रहेको जनाउँदै मुख्यमन्त्री जमकट्टेलले स्थानीय सरकार र प्रदेश सरकार मिलेर सबै समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । गाउँपालिका राष्ट्रिय महासङ्घ बागमती प्रदेश समितिका अध्यक्ष कर्णबहादुर मगरले मुख्यगरी कर्मचारी समस्या दहत्तर बहत्तर सङ्कलनलगायत समस्यालाई तत्काल सम्बोधन गरिदिन आग्रह गर्नुभयो । उहाँले प्रदेश समपूरक र विशेष अनुदान कार्यविधि संशोधन गर्न, स्थानीय सरकारसँग सम्बन्धित कानुनहरु निर्माण गर्दा गाउँपालिका राष्ट्रिय महासङ्घको अनिवार्य सहभागिता गराउन, स्थानीय सरकारका जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम महासङ्घको सहकार्यमा गर्न प्रदेश सरकारसँग आग्रह गर्नुभयो ।

ध्यानाकर्षणपत्रमा गाउँपालिका महासङ्घ बागमती प्रदेश कार्यालय सञ्चालन गर्न अनुदानको व्यवस्था गर्न, स्थानीय सरकारको कर्मचारी सरुवा बढुवा हुँदा सम्बन्धित गाउँपालिकासँगको समन्वयमा मात्रै गर्न र दहत्तर बहत्तर सङ्कलनलगायत कानुनी जटिलता हटाउन महासङ्घले प्रदेश सरकारसँग माग गरेको छ ।

महासङ्घ बागमती प्रदेश कार्यसमिति सचिव कान्छालाल जिम्बा, सहसचिव मानकुमारी पाख्रिन र सदस्य फणीन्द्र तिमल्सिनासँगै अध्यक्ष मगरको टोलिले स्थानीय तहमा कर्मचारी अभावको समस्याबारे प्रदेश लोकसेवा आयोगका पदाधिकारी, बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय र प्रदेश किताबखानाका निर्देशक अनिता तामाङसँग पनि छुट्टाछुट्टै छलफल तथा भेटघाट गरेको थियो ।

सन् २०२३ मा जर्मनीमा विद्युत्को आधाभन्दा धेरै प्रयोग नवीकरणीय ऊर्जाको हुने

सन् २०२३ मा जर्मनीमा खपत हुने आधाभन्दा बढी विद्युत् पहिलो पटक नवीकरणीय ऊर्जाबाट उत्पादन हुने जर्मन ऊर्जा तथा पानी उद्योग सङ्घले सोमबार बताएको छ । प्रारम्भिक आँकडाअनुसार जर्मनीले यस वर्ष कूल पाँच खर्ब १७ अर्ब किलोवाट घन्टा विद्युत खपत गर्नेछ । सन् २०२२ मा उसले पाँच खर्ब ४० अर्ब किलोवाट घन्टा खपत गरेको थियो ।

यसमा करिब ५२ प्रतिशत नवीकरणीय ऊर्जाबाट आउने सङ्घले बताएको छ । सन् २०२२ मा नवीकरणीय ऊर्जाको योगदान ४७ प्रतिशत थियो । सङ्घका कार्यकारी बोर्डका अध्यक्ष केर्स्टिन एन्ड्रीले भन्नुभयो, “आँकडाले हामी सही मार्गमा रहेको देखाउँछ ।” सन् २०३० सम्ममा आफ्नो ८० प्रतिशत विद्युत् वायु र सौर्य ऊर्जाबाट प्राप्त गर्ने जर्मनीको लक्ष्य छ ।

यद्यपि युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक जर्मनीमा ऊर्जा उत्पादनलाई डिकार्बोनाइज गर्ने योजना सन् २०२२ मा युक्रेनमाथि मस्कोको आक्रमण र त्यसपछि रुसले अत्यावश्यक ग्यास आपूर्तिमा गरेको कटौतीका कारण अस्तव्यस्त भएको छ ।

ग्यासमा आधारित विद्युत् उत्पादनको दबाब कम गर्नका लागि सरकारले कोइलाबाट चल्ने पुराना संयन्त्रहरू अनलाइन ल्याएको छ । पुनः सक्रिय कोइला संयन्त्र सन् २०२४ मार्चसम्ममा सञ्चालन हुनेछ । जर्मनीले सन् २०२३ मा पाँच खर्ब आठ अर्ब किलोवाट विद्युत् उत्पन्न गर्न तयारी गरेको सङ्घले बताएको छ । यसमा एक चौथाइ (२६ प्रतिशत) कोइलाबाट आउने छ ।

सन् २०२२ मा प्रदूषक जीवाश्म इन्धनको विद्युत् उत्पादनमा करिब एक तिहाइ हिस्सा थियो । सन् २०३० सम्ममा जर्मनी कोइलाबाट सम्पूर्णरूपमा बाहिर निस्कने उसको प्रतिज्ञामा अडिग छ तर आशङ्का कायमै छ ।

बर्लिनले वायु टरबाइन स्थापना गर्नका लागि कर्मचारीतन्त्रमा कटौती गर्ने प्रण गरेको छ र ‘स्वच्छ’ हाइड्रोजनमा चलाउनका लागि परिवर्तन गर्न सकिने स्थितिमा मात्र नयाँ ग्यासबाट चल्ने विद्युत् संयन्त्रहरूलाई अनुमति दिने योजना बनाएको छ । यद्यपि केही पर्यवेक्षकहरूले गति अझै पनि सुस्त रहेको बताएका छन् ।

जर्मनीले पनि यसै वर्षको अप्रिलमा उसको बाँकी अन्तिम आणविक ऊर्जा संयन्त्रलाई बन्द गरेको छ । यो उसको लामो समयदेखिको योजनाबद्ध कदम थियो । आणविक ऊर्जा संयन्त्रले जलवायु लक्ष्यहरू हासिल गर्न कठिन हुनसक्ने तर्क केही आलोचकले दिएका छन् ।

‘देशमा सोचेअनुसार विकास गर्न सकिएन’: सभामुख घिमिरे

सुरुङ्गा (झापा), २ पुस : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सोचेअनुसार देश विकास गर्न नसकिएको बताउनुभएको छ । हल्दिबारी गाउँपालिका–२ मा रहेको लक्ष्मीनारायण मन्दिरमा आज आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै उहाँले केही उदासीनताका कारण देशमा सोचेअनुसार विकास गर्न नसकिएको बताउनुभयो ।

संसद् विकास कोषको रकम रोकिएकाले पनि संसद्को निर्वाचन क्षेत्रमा हुने विकास निर्माणका आयोजनामा प्रत्यक्ष असर परेको उहाँले बताउनुभयो । 

लक्ष्मीनारायण मन्दिरमा यही पुस १० गते आयोजना गरिने  महायज्ञबाट सङ्कलित रकमले मन्दिर व्यवस्थापन तथा सामुदायिक भवन निर्माण गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ 

माघ १ गतेदेखि स्वास्थ्य बीमाका बिरामीले १० प्रतिशत आफैँ तिर्नुपर्ने

चितवन, २ पुस : स्वास्थ्य बीमाका बिरामीले लागत साझेदारी (कोपेमेन्ट) गर्नुपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले आगामी माघ १ गतेदेखि १० प्रतिशत बिरामीबाट उपचार खर्च लिने गरी कोपेमेन्ट गर्न लागेको हो । बोर्डका अध्यक्ष डा गुणराज लोहनीका अनुसार बीमा लागू भएका सबै अस्पतालमा कोपेमेन्ट लागू गरिँदैछ । सरकारी, सामुदायिक र निजी सबैखाले अस्पतालमा यो व्यवस्था लागू हुनेछ । लोहोनीले भन्नुभयो, “यसले राज्यलाई आर्थिक भार कम गर्छ ।” उहाँका अनुसार सबै स्वास्थ्य बीमाले समेट्दै गर्दा अनावश्यक प्रभावमा उपचार हुने गरेको गुनासो आइरहेको थियो ।

बीमाको रकम बाँकी रहेको भन्दै बीमाकर्ताले आवश्यक नपर्दासमेत विभिन्न परीक्षणका लागि चिकित्सकलाई दबाब दिने गरेका छन् । कोपेमेन्ट लागू भएसँगै दबाब कम हुने अपेक्षासमेत गरिएको छ । कोपेमेन्ट लागू भएसँगै आवश्यकताअनुसार थप निजी अस्पताललाई समेत बीमामा समावेश गरिँदैछ । उहाँले भन्नुभयो, “थप सेवा कहाँ आवश्यक छ हेरेर निजी र सामुदायिकलाई पनि दिने निर्णय गर्छौं ।”

अस्पतालमा एक महिनाका लागिमात्रै बीमाका बिरामीलाई औषधि दिने गर्दा भीड हुने गरेको छ । बिरामीलेसमेत दुःख पाउने गरेका छन् । उच्च रक्तचाप, मधुमेह, कोलस्ट्रोल, दमजस्ता रोगको नियमित खानुपर्ने औषधि तीन महिनाका लागि एकैपटक दिने व्यवस्था गरिएको डा लोहनीले जानकारी दिनुभयो ।

माघ १ गतेदेखि यो व्यवस्था लागू हुनेछ । हाल अस्पतालले बीमाको सेवा दिएर पनि महिनौँ भुक्तानी नपाउँदा समस्या परेको जनाउँदै आएका छन् । डा लोहनीले बीमाको रकम दाबी गरेको एक महिनाभित्रमा भुक्तानी दिने गरी गृहकार्य थालिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सेवा दिएपछि भुक्तानी दिनुपर्छ, एक महिनाभित्रमा भुक्तानी पाउने व्यवस्था हुन्छ ।”

उहाँका अनुसार नेपालमा ३० लाख हाराहारी परिवार स्वास्थ्य बीमामा जोडिएका छन् । विसं २०७२ मा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा सुरुआत भएको यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले सञ्चालन गर्दै आएको छ । स्वास्थ्य बीमा ऐन, २०७४ जारी भई स्वास्थ्य बीमा नियमावली २०७५ समेत पारित भएर कार्यान्वयनमा आएको छ ।

प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा १५ महिनामा भक्तजनले चढाए ९८ तोला सुन

ताप्लेजुङ, २ पुस : प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन सङ्कलन भएको छ । पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरि तौल गरिएको तौल मूल्याङ्कन तथा ‘रिफाइन’ उपसमितिका अध्यक्ष शम्भुप्रसाद गौतमले बताउनुभयो । उहाँका अनुसार उक्त सुन ‘रिफाइन’ गरिएको छैन ।

यस्तै सोही अवधिमा नै ९२ किलो छ सय ५० ग्राम चाँदी सङ्कलन भएको छ । चाँदीसमेत रिफाइन गरिएको छैन । गत वर्षको भदौ ७ देखि गएको मङ्सिर १६ गतेसम्म मन्दिरमा सङ्कलित उक्त रिफाइन नगरी तौल भएको सुन, चाँदी रिफाइन गर्ने तयारी गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । यसअघि दुई वर्षको अवधिमा सङ्कलित सुन चाँदीको विवरण यकीन भएको थियो ।

उक्त विवरणअनुसार २०७७ साल भदौ १८ देखि २०७९ भदौ ६ गतेसम्मको रिफाइन गरिएको सुन ८६ तोला ९३ लाल रहेको छ । दुवैपटक तौल गरिएको सुन बिक्री गरिएको छैन । यसपटक सङ्कलित सुन रिफाइन पछि लिलाम बिक्री हुने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो ।

यस्तै पाथीभरामा सङ्कलन भएको भेटी रकमसमेत गणना भइरहेको छ । मन्दिरबाट जम्मा गरेर क्षेत्र विकास समितिको भण्डारमा राखिएका नोट मिलाउने काम भइरहेको कार्यकारी निर्देशक हाङ्बाङले बताउनुभयो । अपुग कर्मचारी थप गरेर लामो समयदेखि थुप्रिएका नोट मिलाउने र गणना गर्ने कार्य भइरहेको उहाँको भनाइ छ ।

सरकारले कृषि क्षेत्रमा गर्दै आएको लगानी व्यक्ति केन्द्रित नभई समुदाय केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री कट्टेल

चितवन, २ पुस : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले सरकारले कृषि क्षेत्रमा गर्दै आएको लगानी व्यक्ति केन्द्रित नभई समुदाय केन्द्रित हुनुपर्ने बताउनुभएको छ । केन्द्रीय दुग्ध सहकारी सङ्घको २९औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले अहिले सरकारले कृषि क्षेत्रमा गरेको लगानी व्यक्ति केन्द्रित हुँदा लगानी अनुसारको उत्पादन हुन नसकेको छैन भन्नुभयो ।

उहाँले भन्नुभयो, “प्रदेश सरकारले समुदायमा आधारित पकेट क्षेत्रको मोडल तयार गर्दै छ । यसले उत्पादनमा आत्मनिर्भर बनाउँछ ।” प्रदेशले ५० पालिकालाई पकेट क्षेत्रका रुपमा विकास गरी अघि बढ्ने गरी कार्यक्रम ल्याएको उहाँले बताउनुभयो । यसका लागि सरकार, सहकारी र लगानीकर्ता मिलेर हरेक क्षेत्रमा आत्मनिर्भर बनाउने गरी काम गर्नुपर्ने उहाँको भनाइ थियो । राज्य र किसानले मात्रै गरेर नहुने भन्दै उहाँले अब लगानीकर्ता समेत कृषि क्षेत्रमा आउनुपर्ने बताउनुभयो ।

दुग्ध उत्पादक सहकारीहरुले स्थानीय बजारको खोजी गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “उत्पादनअनुसार बजारको खोजी गरेर अघि बढ्नु जरुरी छ ।” उहाँले थप्नुभयो, “आन्तरिक खपत बढाउने र अन्तरराष्ट्रिय बजारको खोजी गर्ने गरी काम अघि बढाउनुपर्छ ।”

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा रेवतीरमन पौडेलले दुग्ध उत्पादक किसानको समस्या समाधानका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो । दुग्ध उत्पादक किसानको पैसा नपाएको गुनासो चाँडै समाधान हुने गरी काम भइरहेको उहाँको भनाइ थियो ।

सो अवसरमा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहाल, दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा राजेन्द्र यादव, बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटा, बागमती प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टीकाबल्लभ सापकोटा, दुग्ध विकास संस्थाका महाप्रबन्धक सञ्जीव झालगायत पछिल्लो समय दुग्ध उत्पादक किसानले पाएको समस्या समाधानका लागि सबै पक्ष एक भएर लाग्नुपर्ने बताउनुभयो ।

संस्थाका अध्यक्ष अम्मरबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, लेखा प्रतिवेदन पेस गरी छलफल गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयले ४९औँ दीक्षान्त समारोह मनायो

काठमाडौँ, २ पुस : त्रिभुवन विश्वविद्यालयले आज ४९औँ दीक्षान्त समारोह मनाएको छ । काठमाडौँस्थित दशरथ रङ्गशालामा आयोजित दीक्षान्त समारोहमा २६ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । यद्यपि दीक्षित विद्यार्थीहरूले त्रिविको सबै सङ्कायको पाठ्यक्रम ‘आउट–डेटेड’ भइसकेकाले त्यसलाई समयानुकूल बनाउनुपर्ने खाँचो रहेको औंल्याएका छन् ।

हेटौंडा निवासी डा आर्यन मानन्धरले महाराजगञ्ज मेडिकल कलेजमा अध्ययन गर्नुभयो । सल्यान जिल्ला अस्पतालमा कार्यरत मानन्धर दीक्षान्त समारोहका लागि काठमाडौँ आइपुनुभएको हो । डा मानन्धरले मेडिकलको कोर्ष पुरानै रहेको बताउँदै यसलाई अब चाँडै समयानुकूल बनाइएन भने मेडिकल शिक्षा नै कमजोर हुने बताउनुभयो ।मोडेल नेपाल कलेजबाट बिबिए गर्नुभएका धुलिखेलकी इस्मा श्रेष्ठ स्नातकोत्तरको अध्ययनका लागि विदेश जाने तयारीमा हुनुहुन्छ । नेपालको व्यवस्थापन सङ्कायमा कोर्षमा प्रयोगात्मक नभएको र कोर्ष पनि पुरानै रहेकाले बजारमा बिक्नै गाह्रो हुने गरेको उहाँले बताउनुभयो । श्रेष्ठले भन्नुभयो, “अहिले आवश्यकताअनुसारको शिक्षा छैन । बजारमा प्रतिस्पर्धा गर्ने खालको पाठ्यक्रम ल्याउनुपर्ने खाँचो छ । ‘थ्योरी’मात्रै पढेर काम पाइँदैन अनि विदेश जानुपर्ने बाध्यता हुन्छ ।”त्यस्तै, रानीवनकी अरुणा गौलीले त्रिविबाट विजनेस एडमिनिस्ट्रेसन पढ्नुभयो । गौलीले अबको योजना विदेश गएर पढ्ने रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा पढाइ खासै राम्रो र प्रतिस्पर्धा गर्ने खालको छैन । बाहिर धेरै ‘एड्भान्स’ भइसक्यो । हाम्रो बजारलाई चाहिएको शिक्षा नै छैन । त्रिविअन्तर्गतको सबै सङ्कायको कोर्ष फेर्नुपर्ने आवश्यकता खट्किसक्यो तर त्यसलाई परिवर्तन गरिएको छैन ।” उहाँले, स्नातक पूरा गर्न पाँच वर्ष नै लाग्ने बताउँदै पास हुन पनि एक वर्ष बर्बाद गर्नुपर्ने अवस्थाप्रति शिक्षा क्षेत्र सचेत हुनुपर्ने बताउनुभयो ।यद्यपि हेटौंडाका आर्यन मानन्धरले आगामी योजना सुनाउँदै भन्नुभयो, “अब लोकसेवा दिने विचार गरेको छु । अहिले भने कर्णाली जिल्लामा बसेर केही समय चिकित्सा सेवा गर्ने इच्छा छ ।” डा मानन्धरले आफ्नो देशको माया लागेको बताउँदै भन्नुभयो, “विदेश जान धेरै पैसा खर्च गर्नुको साटो यहीँ बसेको बेस् । फेरि बाहिर अहिले सुरक्षा पनि पहिलेजस्तो छैन ।”देशमा स्वास्थ्य सेवाको अवस्था सुधार्नुपर्ने आवश्यकता रहेको औंल्याउँदै मानन्धरले भन्नुभयो, “चिकित्सकलाई नेपालमा काम गरेअनुसारका तलब छैन । त्रिविले धेरै समय लगाएर सेमेस्टर सकाउँदा विद्यार्थी पढेर निस्किन नै धेरै समय लाग्छ ।”त्यस्तै, चितवन मेडिकल कलेजबाट एमबिबिएस उत्तीर्ण गर्नुभएका महोत्तरी जिल्ला जलेश्वरका प्रतीककुमार चौधरीले उच्च शिक्षाका लागि अमेरिका जाने योजना सुनाउनुभयो । उहाँले भन्नुभयो, “मेडिकलको कोर्ष अपडेट गर्नुपर्ने आवश्कता छ । धेरै पुरानो भयो, यति शिक्षाले प्रतिस्पर्धा गर्न नेपाली विद्यार्थीलाई भविष्यमा समस्या हुन्छ । त्यसमाथि नेपालमा चिकित्सलाई सुरक्षा नभएको देख्दा दुःख लाग्छ । हुनुपर्ने जति न त देशमा चिकित्सकलाई सम्मान छ न त काम गरेअनुसारको तलब नै छ ।” तर लुम्बिनीकी खुश्बु अग्रहरीले नेपालमै बस्ने र काम गर्ने योजना रहेको बताउनुभयो । अग्रहरीले पोखरा मल्टिपल क्याम्पसबाट स्नातक गरेर अङ्ग्रेजी विषयबाट स्नातकोत्तर गर्दै हुनुहुन्छ र देशमै आफ्नो भविष्य खोज्दै हुनुहुन्छ ।––

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गरिनुपर्नेमा मन्त्री किरातीको जोड

काठमाडौँ, २ पुस : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक नीतिगत काम तत्काल अघि बढाउन मातहतका सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज सरोकारवालासँगको छलफलका क्रममा पर्यटनमन्त्री सुदन किरातीले गौतमबुद्ध विमानस्थलमा केही आधारभूत सुधारसहित विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि मातहत निकायलाई आग्रह गर्नुभयो । उहाँले विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक समन्वय र सहजीकरणका लागि पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सङ्घीयताको मर्म र भावनाअनुरुप विमानस्थल पूर्णरुपमा सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो । मुख्यसचिव डा वैकुण्ठ अर्यालले विमानस्थलको प्रभावकारी सञ्चालनका लागि सरकारले आवश्यक सहयोग र सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले विमानस्थलको विद्यमान अवस्थाबारे जानकारी गराउनुभएको थियो । सहभागी वायुसेवा सञ्चालक तथा पर्यटन व्यवसायीले विमानस्थलमा जहाजको उडान सङ्ख्या बढाउन र पर्यटकलाई राहत प्याकेजको व्यवस्था गर्न आग्रह गरेका थिए ।

विमानस्थलको प्रभावकारी सञ्चालनका लागि सङ्घ र प्रदेश सरकारबीच समन्वय तथा सहजीकरण गर्ने विषयमा मन्त्रालयले प्रतिबद्धता जनाएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिनुभयो ।

छलफलमा पर्यटनमन्त्री किराती, पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, मुख्यसचिव डा अर्याल, नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी, साथै नेपाल वायुसेवा निगम, निजी वायुसेवा सञ्चालक कम्पनी, लुम्बिनी प्रदेशका होटल व्यवसायी, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको उपस्थिति थियो ।

नभाल्नी ‘बेपत्ता हुनु’ ले संयुक्त राष्ट्रसङ्घका विशेषज्ञ चिन्तित

संयुक्त राष्ट्रसङ्घका एक अधिकार विशेषज्ञले सोमबार रुसी विपक्षी नेता एलेक्सी नभाल्नी ‘जबरजस्ती बेपत्ता हुनु’ चिन्ताजनक थियो भन्दै उहाँलाई तुरुन्त रिहा गर्न मस्कोसँग माग गर्नुभएको छ । क्रेमलिनका आलोचक नभाल्नीका वकिलहरूलाई डिसेम्बर ६ देखि उहाँसँग भेट्न रोकिएको छ । साथै गत शुक्रबारको निर्धारित अदालतको सुनुवाइका लागि उहाँ उपस्थित हुनुभएन ।

“रुसी अधिकारीहरूले यति लामो समयसम्म नभाल्नीको ठेगाना र स्वास्थ्यबारे सार्वजनिक नगरेकामा मलाई धेरै चिन्ता भएको छ, यो जबरजस्ती बेपत्ता पारिएको समान हो”, रुसमा राष्ट्रसङ्घीय मानवअधिकारसम्बन्धी विशेष प्रतिवेदक मारियाना काटजारोभाले भन्नुभयो ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि काँडा बन्नुभएका ४७ वर्षीय नभाल्नीलाई विष दिएर हत्याको प्रयासमा बाँचेपछि सन् २०२१ मा चरमपन्थीको आरोपमा १९ वर्षको कारागार सजाय दिइएको थियो । नभाल्नीलाई डिसेम्बर ११ मा मस्को नजिकैको भ्लादिमिर क्षेत्रबाट हटाएर अज्ञात स्थलमा लगिएको जानकारी नभाल्नीको टोलीलाई शुक्रबार बताइएपछि आफूले रुसी अधिकारीहरूसमक्ष चिन्ता व्यक्त गरेको काटजारोभाले बताउनुभयो । उहाँका अनुसार नभाल्नीका परिवार र वकिलहरूले सबै दण्डित कोलोनीलाई उहाँको ठेगाना पहिचान गर्न पत्र पठाएका थिए ।

“नभाल्नी ओम्स्क दण्डित कोलोनीमा हुनसक्ने उनीहरूलाई प्रारम्भिक जानकारी प्राप्त भएको छ तर पछि त्यो जानकारी अस्वीकार गरियो”, उहाँले भन्नुभयो । यस वर्षको प्रारम्भमा एक अदालतले नभाल्नीलाई कठोर कारागारमा सार्ने आदेश दिएको थियो ।

नभाल्नीलाई दोषी ठहर गर्ने चरमपन्थीका आरोपहरू ‘निराधार’ रहेको भन्दै काटजारोभाले बन्दीहरूले यातायातका क्रममा गम्भीर अधिकार उल्लङ्घनको उच्च जोखिमको सामना गर्ने चेतावनी दिनुभयो । राष्ट्रसङ्घीय परिषद्बाट नियुक्त भए पनि राष्ट्रसङ्घका तर्फबाट नबोल्नुभएकी स्वतन्त्र विशेषज्ञ उहाँले ‘अतिवाद’ शब्दको अन्तर्राष्ट्रिय कानूनमा कुनै आधार नभएकामा जोड दिनुभयो । “जब यसले आपराधिक दायित्व उत्पन्न गर्छ तब यो मानवअधिकारको उल्लङ्घ हो ”, उहाँले भन्नुभयो ।

उहाँको विज्ञप्तिमा ‘नभाल्नीको अविश्वसनीय आपराधिक उत्पीडन’ को निन्दा गरिएको छ । यसको अन्तर्राष्ट्रियस्तरमा व्यापक निन्दा गरिएको छ र यसले राजनीतिक उद्देश्यका लागि अदालत प्रणालीको स्पष्ट दुरुपयोगलाई सङ्केत गर्दछ ।

काटजारोभाका अनुसार नभाल्नीका तीन वकिललाई अक्टोबरमा चरमपन्थीको आरोपमा गिरफ्तार गरिएको भन्दै अब उनीहरूले लामो समयसम्म कारागारको सजाय भोग्नुपर्ने बताउनुभयो । “म रुसी अधिकारीहरूसँग अन्तर्राष्ट्रिय मानवअधिकार दायित्वहरूको पालना गर्नका लागि आह्वान गर्दछु”, उहाँले भन्नुभयो, “नभाल्नी र मनमानी ढङ्गले हिरासतमा लिइएका सबैलाई तत्काल रिहा गरिनुपर्छ र उनीहरूलाई भएको सबै नोक्सानका लागि उपचार र क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ ।”

‘साइबर हमला’ ले इरानको इन्धन आपूर्तिमा कटौती

इरानले इजराइल र अमेरिकाको साइबर हमलाको सामना गर्नुपरेको बताएको छ । सोमबार साइबर हमलाका कारण ६० प्रतिशत पेट्रोल स्टेसनमा इन्धन वितरण अवरुद्ध भएको उसको भनाइ छ ।

तेलमन्त्री जवाद ओजीले सरकारी टिभीलाई भन्नुभयो, “देशभर केही ग्यास स्टेसनमा साइबर हमला भएको छ र इन्धन वितरण बन्द भएको छ ।” उहाँले उक्त हमलाका लागि बाहिरी शक्तिलाई दोष दिँदै भन्नुभयो, “यहुदीवादी (इजराइल) र अमेरिकाले अन्य मोर्चामा झट्का लागेपछि समस्या सिर्जना गर्न खोजे ।”

यसअघि उपतेलमन्त्री जलिल सलारीले इरानी जनताले अनुदानमा पेट्रोल खरिद गर्न प्रयोग गर्ने कार्डमा केही समस्या रहेको बताउनुभएको थियो । प्रमुख तेल उत्पादक इरान विश्वमा सबैभन्दा सस्तो पेट्रोलको मूल्यमध्येको एक मुलुक हो । यहाँ एउटा कार्डले इरानीहरूलाई १५ हजार रियाल (करिब तीन अमेरिकी सेन्ट) प्रतिलिटर सहुलियतदरमा प्रतिमहिना ६० लिटरसम्म खरिद गर्न अनुमति दिन्छ ।

उपतेलमन्त्री सलारीका अनुसार प्रणाली असफल भएपछि पेट्रोल स्टेसनहरूले ‘अनलाइन प्रणालीलाई विच्छेद गरेका छन्’ र इन्धनको अफलाइन आपूर्ति भइरहेको छ । एएफपीका संवाददाताका अनुसार सोमबारको अवरोधका कारण तेहरानमा केही स्टेसनबाहिर कारहरूको लामो लाइन लागेको छ र अन्य पूर्णरूपमा बन्द गरिएको छ ।

इरानका राष्ट्रपति इब्राहिम राइसीले अनुसन्धान गर्न आदेश दिँदै सङ्टक समधानका लागि ‘तत्काल उपाय’ अपनाउन आग्रह गर्नुभएको छ । अधिकारीहरूले ‘सङ्कट समिति’ गठन गरेका छन् र मन्त्री सलारीले प्रणाली केही घन्टाभित्र ठिक हुनसक्ने अपेक्षा व्यक्त गर्नुभयो ।

सन् २०२१ अक्टोबरमा इरानले यस्तै प्रकारको एक साता लामो अवरोधको सामना गर्नुपरेको थियो । त्यसका लागि अधिकारीहरूले बाहिरी तत्वहरूले गरेको अभूतपूर्व साइबर हमलालाई दोष दिएका थिए ।

अनुदान प्रणालीमा सुधार र ठूलो मात्रामा तस्करीमाथि नियन्त्रण गर्ने उद्देश्यले इरानमा पहिलो पटक सन् २००७ मा इन्धन कार्ड लागु गरिएको थियो । इरानको अर्थतन्त्र आन्तरिक अव्यवस्थापन र बाहिरी दबाबका कारण थला परेको छ । सन् २०१८ मा अमेरिका ऐतिहासिक आणविक सम्झौताबाट फिर्ता भएको थियो र केही वर्षका लागि हटाइएको प्रतिबन्धलाई उसले पुनः लागु गरेको छ ।

इरानी सरकारले उसको कट्टर दुश्मन इजराइलमाथि उसको आणविक कार्यक्रमलाई लक्षित गरी तोडफोड आक्रमण र हत्या गरेको आरोप लगाएको छ । अमेरिका र इजराइलले इरानमाथि यस क्षेत्रमा मित्र देशहरूको सेना र जहाजविरुद्ध हमला गराएको आरोप लगाएका छन् ।

पार्टी विधानको पालना नगरे दण्ड हुने व्यवस्था गरिनुपर्छ – महामन्त्री थापा

दमौली, २ पुस : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विधानको पालना नगरे दण्ड हुने व्यवस्था गरिनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ क्षेत्रीय समितिले आज दमौलीमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी विधानबमोजिम चल्नुपर्छ भन्नुभयो ।

महामन्त्री थापाले भन्नुभयो, “विधानको पालना नगरे दण्डको व्यवस्था गर्नुपर्छ । दण्डको व्यवस्था भएमात्रै पार्टी विधानबमोजिम चल्न सक्छ । त्यसमा हामीले छलफल चलाइराखेका छौँ ।” महामन्त्री थापाले पार्टीमा गुटको अन्त्य गरिनुपर्ने जनाउँदै अहिलेको पद्धतिका कारण गुट बनाउनैपर्ने बाध्यता रहेको समेत बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पार्टीभित्र जुन पद्धति छ त्यसका आधारमा गुट बनाउनैपर्ने बाध्यता सबैलाई भयो । हामी सबैले गुटको अन्त्य हुनुपर्छ भने पनि भित्रभित्र गुटमै रमाइराखेका छौँ ।”

संसद्मा निर्वाचन कानुनका विषयमा छलफल अगाडि बढाउन लागिएको जनाउँदै महामन्त्री थापाले एक सय ६५ निर्वाचन क्षेत्रमा उम्मेदवार नउठाउने पार्टी राष्ट्रिय पार्टी नबन्ने उल्लेख गर्न सकिने चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “यसो भएमात्रै एक पार्टीले अर्को पार्टीसँग गठबन्धन गर्न पाउँदैन । त्यस्तो हुँदा कांग्रेस एमालेसँग डराउनु पर्दैन, एमाले कांग्रेस वा अरू पार्टीसँग डराउनु पर्दैन ।”

महामन्त्री थापाले पार्टीभित्रको निर्वाचन पद्धतिसमेत परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले जसरी टिकट बाँडिएको छ त्यो ठीक छ वा उम्मेदवार छान्दा जुन तहको सदस्य हो त्यहाँका सदस्यले छान्ने परिपाटीका विषयमा छलफल अगाडि बढाएका छौँ ।”

प्रस्तावित न्यायाधीशलाई सांसदको प्रश्न : जनआस्था वृद्धि गर्ने कार्ययोजना के–के छन् ?

काठमाडौँ, २ पुस : “न्यायालयमा जनआस्था घट्दै गएको छ भन्ने आम चिन्ता छ”, सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशहरू बालकृष्ण ढकाल र सुनिलकुमार पोखरेललाई संसदीय सुनुवाइका क्रममा सांसद पदम गिरीले प्रश्न गर्नुभयो, “नेपालको न्यायालयमा जनआस्था वृद्धि गर्ने योजना के–के छन् ?”

सांसद गिरीको जस्तै सांसद देवेन्द्र दाहालको प्रश्न थियो, “न्यायालयप्रति आमजनताको विश्वास गुम्दै गएको छ, जनआस्था वृद्धि गर्न न्याय प्रणालीलाई कसरी सुधार गर्न सकिन्छ ? जनआस्था वृद्धि गर्ने योजनाहरु के–के छन् ? सांसद ईश्वरी न्यौपानेको प्रश्न उस्तै थियो, “न्यायालयप्रति जनआस्था कसरी वृद्धि गर्न सकिन्छ ?” सांसद जीवन परियारको प्रश्न पनि “आम जनताले गुनासो नगरीकन न्याय कहिले पाउँछन् ?” भन्ने नै थियो ।

प्रस्तावित दुई न्यायाधीशको आज भएको संसदीय सुनुवाइमा अधिकांश सांसदले सार्वसाधरणको आस्था न्यायालयमा घट्दै गएको र कसरी वृद्धि गर्न सकिन्छ ? जनताको पहुँचमा न्याय पुग्न नसकेको, मुद्दा फछ्र्यौटको समयावधि लामो हुने गरेको, न्याय प्राप्तिमा ढिलाइ हुँदा पीडित अझ धेरै पीडामा पर्ने गरेको र अदालतले मुुलुकको विकास निर्माणमा रोक्दा मुलुकलाई ठूलो क्षति पुर्‍याउने गरेको विषयमा प्रश्न राख्नुभएको थियो ।

भृकुटीमण्डपस्थित खुल्ला बजारका समस्या समाधान गर्न मन्त्री आचार्यको निर्देशन

काठमाडौँ, २ पुसः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले भृकुटीमण्डपस्थित खुल्ला बजारको समस्या तत्काल समाधान गरिने जानकारी दिनुभएको छ ।

‘भृकुटीमण्डप हाताभित्र अवस्थित खुल्ला बजारको ३२औँ स्थापना दिवस’ का अवसरमा काठमाडौँ निम्न व्यापारी सङ्घद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले खुल्ला बजारभित्रका समस्या तत्काल समाधान गर्न सङ्घ र समाज कल्याण परिषद्लाई निर्देश गर्नुभयो ।

“ प्लास्टिकको छानालाई टिनको छानामा परिवर्तन गर्न लागि पहल भइरहेको छ”, उहाँले भन्नुभयो, “शौचालय, खानेपानी, ढल निकासलगायत यस क्षेत्रका समस्या समाधान गर्न सरकारले बजेट बिनियोजन गरेको छ । ”

सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद ओलीले प्लास्टिकको छानामुनि व्यापार गर्न जोखिम रहेकोे बताउनुभयो । “परिषद्लाई टिनको छाना लगाउन पहल गर्न पटक पटक अनुरोध गरेको तर अझै पनि छानामुनिको कष्टप्रद व्यापारी, ग्राहकले भोगिरहेका छन् । विगतदेखिका यी समस्या समाधानमा समन्वयात्मक पहल आवश्यक रहेको छ,” उहाँले भन्नुभयो ।

समाज कल्याण परिषद्, भृकुटीमण्डप व्यवस्थापन विभागका प्रमुख दीपेन्द्र पन्तले शौचालय, खानेपानीलगायत समस्या समाधान गर्नेतर्फ विभाग अग्रसर रहेको बताउनुभयो ।

सङ्घ उपाध्यक्ष गोविन्द पौडेलले निम्न आय भएका मानिसको रोजाइमा रहेको भृकुटीमण्डप खुल्ला बजारमा दैनिक ४०–४५ हजार मानिस किनमेल गर्न आउने गरेको दाबी गर्नुभयो ।

समाज कल्याण परिषद्का सदस्यसचिव मनोजकुमार भट्टले व्यवस्थित पार्किङको काम सुरु भइसकेको जानकारी दिँदै भृकुटीमण्डप खुल्ला बजारको उचित व्यवस्थापनका लागि पहल गर्ने बताउनुभयो । समाज कल्याण परिषद्का नाममा रहेको जग्गामा भृकुटीमण्डपका व्यापारीहरुले व्यापार गर्दै आएका छन् । सङ्घले स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ७० जना बढीले रक्तदान गरेको आयोजकले जनाएका छन् ।

बागमती प्रदेश प्रमुख शर्मा अस्पतालबाट ‘डिस्चार्ज’

मकवानपुर, २ पुस : बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मा काठमाडौँ चावहिलस्थित हेल्पिङ ह्यान्डस अस्पतालमा स्वास्थ्य उपचार गराई आज अपराह्न ‘डिस्चार्ज’ हुनुभएको छ ।

फोक्सोमा निमोनियाको सङ्क्रमण देखिएपछि उहाँ थप उपचारका लागि गत मङ्सिर २९ गते अस्पताल भर्ना हुनुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आज हुँदै

काठमाडौँ, २ पुुस : त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहान ११ बजेदेखि उक्त समारोह सुरु हुनेछ ।

समारोहको सबै तयारी पूरा भइसकेको त्रिविका सूचना अधिकारी योगेन्द्र ढकालले जानकारी दिनुभयो । समारोहमा प्रमुख अतिथिका रुपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनुहुने उहाँले बताउनुभयो । यस्तै त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनुहुनेछ ।

त्रिवि परीक्षा नियन्त्रणा कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार यस वर्ष १२ हजार चार सय १५ विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुने छन् । त्रिवि ग्रेसलिष्टमा परेका ७४ हजार सात सय ४९ विद्यार्थीमध्ये यसपटक १२ हजार चार सय १५ जनाले दीक्षान्त समारोहमा सहभागिताका लागि आवेदन दिएका थिए । विसं २०७९ असार १ देखि २०८० जेठ मसान्तसम्म उत्तीर्ण गरेका विद्यार्थी दीक्षान्त समारोहमा सहभागी हुन पाउने उहाँले बताउनुभयो । गत वर्ष १० हजार तीन सय विद्यार्थी दीक्षान्त समारोहमा सहभागी भएका थिए ।

स्नातक तहतर्फ आठ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ चार हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधीतर्फ एक सय १२ विद्यार्थी आज दीक्षित हुँने बताइएको छ । दीक्षान्त समारोहमा विभिन्न पदक र पुरस्कारसमेत वितरण गरिने छ ।

गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला चिउरीबाट घ्यू उत्पादन गर्दै चेपाङ

भरतपुर (चितवन), २ पुस : गाउँघरमा कोल र ढिकी लोप हुँदै गइरहेका बेला चितवनको चेपाङ गाउँमा त्यही परम्परागत प्रविधि प्रयोग गरी घ्यू उत्पादन गर्ने गरिएको छ । कालिका नगरपालिका–१० जिङलाउका चेपाङ समुदायले जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर गरेर घ्यू उत्पादन गर्ने गरेका छन् ।

जङ्गलमा खेर गइरहेको चिउरीको दाना पेलेर घरमै घ्यू उत्पादन गर्दैआएको कालिका–१० जिङलाउका कलाराम चेपाङले बताउनुभयो । उहाँले भन्नुभयो, “बाउबाजेको पालादेखि यहाँ चिउरीको राम्रो उत्पादन हुँदै आएको छ, हामीले पनि प्रत्येक वर्ष घ्यू उत्पादन गर्दै आएका छौँ ।” उहाँले चिउरीकै घ्यू प्रयोग गरेर खाना पकाउँदै आएको बताउनुभयो । बजारको तेलप्रति रुचि नभएको उल्लेख गर्दै उहाँले घरमै एकपटक चिउरीको बियाँ पेलेपछि वर्षभरिलाई पुग्ने बताउनुभयो ।

“बजारको तेल किन्नै पर्दैन, पैसाको पनि बचत हुन्छ”, कलारामले भन्नुभयो, “चिउरीको घ्यू स्वास्थ्यका लागि पनि राम्रो छ ।” चिउरीको घ्यूमा कुनै मिसावट पनि नहुने उहाँको भनाइ छ । चिउरी असारमा पाक्छ । साउनमा टिप्ने गरिन्छ । उहाँले भन्नुभयो, “चिउरी खाएर रहेको बियाँलाई धोएर नबिग्रने गरी सुरक्षित राख्छौँ ।” एक वर्षमा झण्डै चार मुरी चिउरी टिप्ने गरेको वर्षभरीलाई पुग्ने गरेको कलारामले बताउनुभयो । “यसको बजार भाउ छैन । तर न्यून सङ्ख्यामा घ्यू किन्न आउने गरेका छन्”, उहाँले भन्नुभयो ।

राष्ट्रिय आधारभूत विद्यालयका शिक्षक रामलाल चेपाङले चिउरीको बियाँबाट निस्कने घ्यू औषधिको रुपमा समेत प्रयोग गर्ने गरेको बताउनुभयो । “हातखुट्टा, ओठ फुटेको ठाउँमा लगाउने गरेका छौँ”, उहाँले भन्नुभयो । बोटको बोक्रा टन्सिल, कुष्ठरोग, मधुमेहजस्ता रोगमा औषधिका रूपमा प्रयोग हुने गरेको उहाँले बताउनुभयो । घ्यू निकालेर निस्कने पिना खेतबारीमा कीटनाशक औषधिका रुपमा प्रयोग हुने गरेको शिक्षक रामलालले बताउनुभयो ।

विगतमा चेपाङ समुदायमा छोरीलाई चिउरीको रुख नै दाइजो दिने चलन थियो । तर, अहिले चिउरीको रुख दाउरा बाल्न, चिउरीको पात खसीबाख्रालाई खुवाउन प्रयोग हुन थालेको छ । चिउरी, चमेरो र चेपाङको सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले पुर्खाले चिउरीको रुखलाई संरक्षण गरेर राखेको उल्लेख गर्नुभयो ।

दाउरा बाल्न थालेपछि चिउरीको रुख नासिदै गएको छ । चिउरीको फूलको रसबाट बनेको मह बजारमा प्रशस्तै पाइन्छ । अहिले चिउरीको फूल फुल्ने मौसम भएकाले यस क्षेत्रमा मौरी चराउन आउनेको घुइँचो लाग्ने गरेको छ छ । कालिका–१० का वडाध्यक्ष नरजङ्ग प्रजाले चिउरीको घ्यूले बजार पाउन नसकेको बताउनुभयो । “अरु तेलको प्रयोग बढेपछि चिउरीको घ्यूको खासै माग छैन”, उहाँले भन्नुभयो, “यसको महत्वबारे बुझाउनुपर्ने आवश्यकता छ ।” चितवनको इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिकाका साथै भरतपुर महानगरपालिकाका केही स्थानमा चिउरी पाइन्छ ।

सांसदले आफ्नो दायित्व बोध गर्न सकेका छैनन् – सांसद दाहाल

काठमाडौँ, २ पुस : “सरकारका तर्फबाट पर्याप्त बिजनेस प्राप्त हुँदाहुँदै पनि सोचेजस्तो सदन सञ्चालन हुन सकेन । सभामुखको भूमिका सक्रिय र प्रभावकारी देखिएन”, रासससँग सांसद कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का युवा सांसद लेखनाथ दाहाल (राजन)ले भन्नुभयो, “यसकारण गएको एक वर्षमा सापेक्षिक भूमिका त निर्वाह गरियो, तर जनताको अपेक्षाअनुसार भएनन् ।”यद्यपि, पछिल्लो एक वर्षमा मिटरब्याजी पीडितलाई न्याय दिने विधेयक, नागरिकता विधेयक, आर्थिक विधेयकलगायत नागरिकसँग प्रत्यक्ष जोडिएका केही महत्वपूर्ण विधेयक कार्यान्वयनमा गएका उहाँको भनाइ छ । संसद्को एकवर्षे अवधिमा अपेक्षित भूमिका पूरा गर्न नसकेको उहाँको अनुभूति छ ।

“विगतमा प्रतिनिधिसभाले विधायकी जिम्मेवारी पूरा गर्न सक्नुपथ्र्यो, त्यो गरेको देखिएन । विसं २०७२ मा संविधानसभाबाट नयाँ संविधान जारी भयो । त्यसदेखि अहिलेसम्म संविधानको जगमा उभिएर जसरी ऐन कानुन निर्माण गर्नुपर्ने थियो, ती ऐन कानुन निर्माण भएनन्”, उहाँले भन्नुभयो ।

गएको एक वर्षमा सरकारका तर्फबाट प्रतिनिधिसभामा ‘बिजनेस’ प्राप्त भए पनि संसद्लाई बहसको थलोका रुपमा विकास गर्ने काम हुन नसकेको उहाँ बताउनुहुन्छ । संसद्भित्र विधेयक टेबल भएका महत्वपूर्ण विधेयक छलफलमा आउन नसकेको उल्लेख गर्दै उहाँले सदन प्रभावकारी ढङ्गले सदन चल्न नसक्दा सो अवस्था देखिएको बताउनुभयो ।

“मुख्यतः प्रमुख प्रतिपक्षी दलको गत्यावरोधका कारणले पनि सदनको कामकारबाही प्रभावकारी हुन सकेन”, सांसद दाहालले भन्नुभयो । ऐन कानुनमा देखिएका समस्या हल गर्न नसक्दा प्रदेश र स्थानीय सरकारका हातखुट्टा बाँधिएकातर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिँदै उहाँले प्रदेशको अप्ठ्यारा सल्टयाउन सामूहिक पहल गर्नुपर्ने बताउनुभयो ।

पछिल्लो समय प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट बाहिरिनुपरेको पीडाको प्रभाव संसद्मा देखिएको सांसद दाहालको ठम्याइ छ । “प्रतिपक्षी दलबाट ससाना विषयमा संसद् निरन्तर अवरोध गर्ने काम भयो । संस्थागत भ्रष्टाचारको विषय उठाउँदा एमालेबाट लगातार संसद अवरोध भयो”, उहाँले भन्नुभयो । संसद्मा विषय उठान गर्दा प्रतिपक्षी उत्तेजित हुने र संसद्नै अवरुद्ध गर्ने अवस्था देखिनु गैरराजनीतिक चरित्र भएको उहाँको ठम्याई छ ।

कमजोरी रहे सच्याउने, बहस र छलफल गरेर जाने सम्बन्धमा प्रतिपक्षीबाट परिपक्वपन नदेखिएको उल्लेख गर्दै उहाँले सहकार्य र प्रतिस्पर्धाको संस्कृतिलाई स्वीकार गरिएको पाइएन, भन्नुभयो । “सहकार्य नगरी अवरोध गर्ने प्रवृत्ति हाबी भयो”, उहाँले भन्नुभयो । सदनमा आफ्नो पार्टीको धारणा स्पष्ट ढङ्गले राख्ने र खरो रुपमा पार्टीको प्रतिरक्षा गर्ने दह्रिलो भूमिका निर्वाह गर्दै आउनुभएका सांसद दाहालले आलोचना र आरोपको जगमा मात्र राजनीति गर्ने संस्कृतिलाई सबै राजनीतिक दलले बदल्नुपर्ने बताउनुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै माओवादी केन्द्रका युवा नेता दाहालले कमजोरी सच्याउँदै नीतिगत र संरचनागत समस्या तथा कानुनी उल्झनका सम्बन्धमा गहिराइमा अध्ययन गरेर सामूहिक ढङ्गले छलफल र बहस गर्नुपर्ने बताउनुभयो ।

“सामूहिक ढङ्गले समस्याको समाधान गर्न प्रयत्न गर्नुपर्छ । यति गर्न सकिएन भने प्राप्त उपलब्धिको रक्षा गर्न सक्दैनौँ”, सांसद दाहालले भन्नुभयो, “संविधानको रक्षा र सफल कार्यान्वयन गर्न पनि सकिँदैन । संविधान निर्माणमा एकताबद्ध भएका परिवर्तनका पक्षधरहरु एक ठाउँमा नउभिइकन मुलुकको समृद्धि हासिल गर्न सकिँदैन ।”

विकास, आर्थिक समृद्धि र सामाजिक न्यायको नेतृत्व गर्न माओवादी पार्टी गम्भीर भएर लागेको जनाउँदै उहाँले निश्चित विधि र प्रक्रिया पूरा गरेर बहस र छलफलमा भाग लिने, कमजोरी पत्ता लगाउने र सच्याउने सामूहिक सङ्कल्प र प्रतिबद्धताबिना मुलुकलाई अगाडि बढाउन नसकिने बताउनुभयो ।

विसं २०३३ असार १० गते सिन्धुलीमा जन्मनुभएका लेखनाथ दाहाल २०४६ सालदेखि वामपन्थी आन्दोलनमा संलग्न हुनुभएको थियो । विसं २०४६ मा मोटो मसालको विद्यार्थी सङ्गठनको अध्यक्ष, २०४८ मा संयुक्त जनमोर्चाको इलाका सचिव रहनुभएका उहाँ तत्कालीन नेकपा (माओवादी केन्द्र)ले थालेको जनयुद्धमा सहभागी हुनुभयो ।

जनताको अपेक्षा विकास निर्माणसँग सम्बन्धित रहेको उल्लेख गर्दै सांसद दाहालले जनप्रतिनिधिलाई जनताले राजनीतिकभन्दा पनि सामाजिक भूमिकामा संलग्नता भएको हेर्न चाहेको अनुभव सुनाउनुभयो । “मर्दापर्दा, मुद्दा मामिला, अड्डा अदालत, नागरिकता, राहदानी, विकास निर्माणलगायत काममा जो जोडिएको जनताले उसैलाई विश्वास गर्छन् । जनताको बुझाइमा पनि फरक छ”, उहाँले भन्नुभयो ।

राजनीतिक नेतृत्व भनेको नीति निर्माण गर्ने हो, नीति निर्माण तहमा देखिएका समस्या पहिचान र समाधान गर्ने हो भने बुझाइ कम रहेको उहाँको भनाइ छ । निर्वाचन जितेर गइसकेपछि नियमित आफूहरुको नियमित सम्पर्कमा हुनुपर्छ भन्ने जनताको बुझाइ रहेको उल्लेख गर्दै सांसद दाहालले जनताले परिणाम होइन, उपस्थिति खोजेका छन् भन्नुहुन्छ । “यसबाट पनि समस्या पैदा भएको छ”, उहाँले भन्नुभयो ।

प्रत्येक सांसदले आफू संसदीय भूमिका रहेका, नीति निर्माणको तहमा सक्रियता देखाउनुपर्छ भनेर जिम्मेवारी बोध गर्नुपर्नेमा जोड दिँदै उहाँ सांसदले आफ्नो भूमिका बोध नगर्ने र नीति निर्माणभन्दा पनि सामाजिक भूमिकामा जनताले दैनिक खोज्ने अवस्था नै बाधक हुन भन्ने ठान्नुहुन्छ ।

उहाँले पाँच वर्ष जेल जीवनसमेत बिताउनुभयो । सिं २०५७ देखि पार्टी क्षेत्रीय ब्यूरो सदस्य हुँदै उहाँ हाल माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य हुनुहुन्छ । विसं २०५७ मा माओवादीको युवा सङ्गठन वाइसिएलको महासचिव हुनुभयो । विसं २०७४ को निर्वाचनमा उहाँ बागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

सिन्धुली क्षेत्र नं २ बाट निर्वाचित सांसद दाहाल जिल्लामा उत्पादन वृद्धि, रोजगारी सिर्जना र आर्थिक समृद्धि लाई ध्यान दिँदै रणनीतिक महत्वका आयोजना अघि बढाएका बताउनुहुन्छ । “जलविद्युत् उत्पादन, सिँचाइ परियोजना, बृहत्तर खानेपानी आयोजना, सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । राष्ट्रिय अर्थतन्त्रमा टेवा दिने योजना हामीले शुभारम्भ गरेका छौँ”, उहाँले भन्नुभयो, “यससँगै जनताले दैनिक भोग्दै आएका समस्या बाटो, बिजुली, खानेपानी, स्वास्थ्य, शिक्षा, रोजगारलाई पनि समाधान गर्न प्रयास गर्दै आएका छौँ ।”

सरकारले उत्पादन वृद्धि गर्ने र रोजगारी सिर्जना गर्ने उद्देश्यले महत्वपूर्ण कार्यक्रम अघि सारेको उल्लेख गर्दै उहाँले कृषिलाई व्यवसायिकीकरण, यान्त्रीकरण गर्ने अभियान सुरु भएको बताउनुभयो । कृषि, वन र ऊर्जामा नेपाललाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ महत्वपूर्ण कामको थालनी भएको जानकारी दिँदै सांसद दाहालले यही उत्पादन सम्भव भएका कृषिजन्य वस्तुको उत्पादन वृद्धि गर्ने र आयात प्रतिस्थापन गर्दै जाने योजना रहेको सुनाउनुभयो ।

“किसानले उत्पादन गर्ने, बजारको जिम्मा सरकारले लिने गरी काम भइरहेको छ । जनताको अपेक्षाअनुसार नै मैले भूमिका खेलिरहेको छु । पाँच वर्षपछि पुनः जनतामा जाँदा गुनासो हुने छैन । मेरा विरोधी पार्टीले पनि आलोचना गर्ने छैनन्”, सांसद् दाहालले भन्नुभयो ।

अहिलेको संसद्को बनोट बहुरङ्गी प्रकारको रहेको उहाँको भनाइ छ । सङ्घर्षबाट खारिएर आएकादेखि सामाजिक सञ्जालबाट उदाएका सांसदको सदनमा उपस्थिति रहेको तथा संसदीय मर्यादा, मूल्य र मान्यतालाई ख्याल नगरी प्रस्तुत हुने अवस्था पनि देखिएको सांसद दाहालको मत छ । आफूले कहिल्यै पनि संसद्मा उत्तेजित भएर कुनै विषयवस्तु नउठाएको जिकिर गर्दै उहाँले भ्रष्टाचारका विषयमा आफूले आवाज उठाउँदै आएको बताउनुभयो ।

“ठूल्ठूला भ्रष्टाचारका फाइल खोल्नुपर्छ भनेर मैले लगातार सदनमा आवाज उठाउँदै आएको छु”, उहाँले भन्नुभयो, “पशुपतिको जलहरीमा सुन भनेर पित्तलको रिङ लगाइएको विषयमा छानबिन गरौँ भनेर जिम्मेवारपूर्वक सदनमा प्रस्तुत भएको हुँ ।” संसदीय मूल्यमान्यता भित्र रहेर, प्रतिनिधिसभा नियमावलीको मातहतमा रहेर मनमा लागेको कुरा आफूले राख्दै आएको उहाँको भनाइ छ । जनताको समस्या र अपेक्षा सदनमा नै राख्ने उहाँको भनाइ छ ।

उहाँले संसद्मा विभिन्न पात्र, प्रवृत्ति, सोच र चिन्तनको उपस्थिति रहेको उल्लेख गर्दै कतिपय सांसदमा जसरी पनि भाइरल हुने रहर जाग्ने गरेको र त्यसबाट कहिलेकाही संसद्मा अराजक स्थिति पनि देखिएको बताउनुभयो, “अराजकताको उत्र्कष भनेको अवसान हो । यो धेरै दिन टिक्दैन । अराजकता अन्त्य हुन्छ, त्यसो नभए अनुशासनको दायरामा आउँछ”, उहाँ भन्नुहुन्छ । वर्तमान सरकारले विद्यमान समस्याको समाधानका लागि प्रभावकारी पहल अघि बढाएको उहाँको जिकिर छ ।

नीतिगत भ्रष्टाचारका दुला अझै बन्द गर्न नसकिएको उल्लेख गर्दै उहाँले नियम, कानुन तथा संरचनात्मक समस्या बाधक बनेका बताउनुभयो । संरचनात्मक हिसाबले भ्रष्ट मानसिकता देखिएको, भ्रष्टाचार नगरी कुनै पनि पात्रले आफ्नो कर्तव्य पूरा भएको नठान्ने प्रवृत्ति देखिएको उहाँको भनाइ छ । “तलब, सेवासुविधामा मात्र सन्तुष्ट हुने पात्र असाध्यै कम छ । अतिरिक्त लाभ नभई कुनै पनि काम नगर्ने पात्र सार्वजनिक संरचनामा छन् । भ्रष्टाचार आदतका रुपमा विकास भएको छ”, सांसद् दाहालले भन्नुभयो ।

राजनीतिक नेतृत्व र उच्च पदस्थ अधिकारीको तहबाटै भ्रष्टाचार विरोधी अभियान चलाउन सकियो भने मात्र अन्त्य गर्न सकिने उहाँको भनाइ छ । मुहान सफा गरेपछि तल्लो भागमा आफैँ सफा हुने भन्दै उहाँले अहिले प्रचण्ड नेतृत्व सरकारले भ्रष्टाचार विरोधी अभियानलाई जनस्तरसम्म पु¥याएको दाबी गर्नुभयो । इतिहासमै पहिलोपटक यति ठूलो भ्रष्टाचार विरोधी अभियान सञ्चालन भएको जनाउँदै उहाँले एकै पटक ठूलो सङ्ख्यामा राजनीतिक र प्रशासनिक नेतृत्व जेल नपरेका दृष्टान्त दिनुभयो ।

“सरकारले भ्रष्टाचारविरुद्धको अभियान सुरु गरेको छ । जनताको साथ र सहयोगबिना भ्रष्टाचार नियन्त्रण गर्न सकिँदैन । जनताले भ्रष्टाचारीलाई घृणा र बहिस्कार गर्नुपर्छ । घुस माग्नेलाई कारबाही गर्ने तागत राख्नुपर्छ”, नेता दाहालले भन्नुभयो, “जनताको तहबाट पनि भ्रष्टलाई बहिस्कार गर्नुपर्छ । सरकारको तहबाट भ्रष्टाचारीलाई कारबाही गर्ने हिम्मत गर्नुपर्छ ।”

भ्रष्टलाई सम्मान होइन, अपमान गर्न थालियो भने मात्रै भ्रष्टाचार नियन्त्रणको प्रक्रिया सुरु हुने दाबी गर्दै उहाँले विगतमा ठूलालाई चैन, सानालाई ऐन हुन्थ्यो भने अहिले ठूलासाना भन्ने नै नरहेको बताउनुभयो । जनताको नियन्त्रण र निगरानीमा मात्रै भ्रष्टाचार निणन्त्रण गर्न सकिने उल्लेख गर्दै उहाँले नेपाल सरकारबाट जुन पहलको सुरु भएको छ, त्यो ऐतिहासिक रहेको बताउनुभयो ।

अवसर केन्द्रित भएको ठाउँमा युवा जनशक्ति केन्द्रित हुने विश्वव्यापी लहर देखिएको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रियस्तरमा नै अवसरको खोजीमा देश बाहिर जाने अवस्था देखिएको बताउनुभयो । अवसरको केन्द्रीकरण नुहन्जेल चाहेर पनि युवा शक्ति पलायन रोक्न नसकिने जनाउँदै उहाँले आद्योगिकीकरणको विकास गर्ने, आयात प्रतिस्थापन गर्ने, रोजगारी सिर्जना गर्ने, उत्पादन र रोजगार केन्द्रित योजना नल्याइ पलायन रोक्न नसकिने बताउनुभयो ।

“ठूला विद्युत् परियोजना अघि बढ्दै छन् । सरकारले सम्भावना भएको क्षेत्रमा लगानी केन्द्रित गर्न खोजेको छ । यस वर्ष निर्यात बढेको छ । गएको चार महिनामा रु १४ अर्बको विद्युत् निर्यात भएको छ । दुई अर्बको सिमेन्ट तथा रड भारतमा बिक्री भएको छ”, उहाँले भन्नुभयो, “उत्पादन वृद्धिसँगै निर्यात नियमित हुन थालेपछि आधारभूत समस्या समाधान गर्न सकिन्छ, मुलुक सकारात्मक दिशातर्फ अघि बढिरहेको छ ।”

गुप्तेश्वर महादेव गुफा अक्षय कोष रु एक करोड, खगराज कला साहित्य उत्थान अक्षयकोष रु एक लाख एक हजार, लिलाकुमारी स्मृति अक्षयकोष एक लाख, प्रा डा भूपति ढकाल(कमल) पुर्खाको स्मरण रु दुई लाख २२ हजार दुई सय २२, इन्द्रेणी बचत तथा ऋण सहकारी संस्था अक्षयकोष रु ५० हजार, लक्ष्मी पौडेल जेहेन्दार तथा गरिब छात्रवृत्ति अक्षयकोष रु ५२ हजार र धर्मकला पौडेल स्मृति अक्षयकोष रु ५१ हजार एक सय ५१ रहेका छन् ।

अक्षयकोषको व्याजबाट चालू आवमा एक सय ३३ विद्यार्थीले रु १२ लाख छात्रवृत्ति वितरण गर्ने कार्यक्रम छ । विश्वविद्यालय अनुदान आयोगबाट १८ विद्यार्थीले विभिन्न विधामा छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन् । क्याम्पसमा पूर्णकालीन र आंशिक गरी कूल ३४ शिक्षक र ११ कर्मचारी कार्यरत छन् ।

यस्तो बन्यो फिल्म ‘दान्भी’ को टिजर, पूजा शर्माको दमदार एक्सन

काठमाडौं – फिल्म ‘दान्भी’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा अभिनेत्री पूजा शर्माको एक्सन देख्न सकिन्छ।

रूपेश तामाङको निर्देशनमा तयार भएको फिल्ममा नव अभिनेता कुन्साङ बोम्ज पनि देपिखएका छन् ।फिल्ममा पवन रानामगर कार्यकारी निर्माता रहेको छ ।