`

सर्वोच्चको निर्देशन एकपक्षीय रहेको एनआरएनए बद्री केसी पक्षको आरोप

Nepal One HD १२ फागुन २०८१ १४:१५
प्रमुख खबर

काठमाडौं । गैर आवासीय नेपाली संघ(एनआरएनए)लाई सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले निर्देशन दिएको विषयलाई एनआरएनए डा.बद्री केसी पक्षले आपत्ति जनाएको छ ।

आइतबार संघको सचिवालयलाई पत्र पठाउँदै सर्वोच्चको फैसला बमोजिम गठित शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई बालुवाटारस्थित एनआरएनएको सचिवालय प्रयोग गर्न दिन निर्देशन दिएपछि डा.बद्री केसी समूहले अदालतको निर्देशनलाई एकपक्षीय र पूर्वाग्राही रहेको जनाएको हो ।

संघका महासचिव गौरिराज जोशीले सोमबार विज्ञप्ति जारी गर्दै फैसला कार्यान्वयन निर्देशनालयले सर्वोच्च अदालतको फैसलाको भावना विपरित क्षेत्राधिकार बाहिर गई सम्पूर्ण कार्यालय, कर्मचारी प्रशासन, नगद तथा जिन्सी सामान, कागजात, दस्तावेजहरू लगायत सम्पूर्ण सामान हस्तान्तरण गरिदिन भनी दिइएको निर्देशनप्रति संघले कानुनी उपचार खोज्ने बताए ।


प्रतिक्रिया