तीन वर्ष कैद सजायको माग गर्दै पर्यटनमन्त्री किरातीविरुद्ध प्रहरीमा जाहेरी

प्रमुख खबर

काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीविरुद्ध प्रहरीमा जाहेरी परेको छ । धार्मिक भावनामा आँच पुर्याएको भन्दै किरातीविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा काठमाडौंका ध्रुवराज लुइँटेलले किराँतीविरुद्ध हुलाकमार्फत जाहेरी पठाएका हुन् ।
मन्त्री किरातीले पुस ४ गते एक कार्यक्रममा क्रिश्चियन धर्म मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो, संविधान मान्दिन भन्ने देश द्रोही हो, देशद्रोहीलाई हत्कडी लगाउने र जेलमा हालिने” भनी भाषण गरेको र क्रिश्चियन धर्मको प्रचारकजस्तो बनी अन्य वैदिक सनातन धर्मप्रति भेदभाव पुर्याएको जाहेरीमा दाबी गरिएको छ ।
जाहेरीमा मन्त्री किरातीलाई पक्राउ गरी मुलुक अपराध संहिताअनुसार ३ वर्ष कैद र २० हजार रूपैयाँ जरिवाना गराउनसमेत माग गरिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट