नागढुङ्गा–नौबिसे सडक आजदेखि दिउँसो चार घण्टा बन्द गरिने

बिशेष

काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा–नौबिसे सडक आजदेखि दिउँसो चार घण्टा बन्द गरिने भएको छ । सडक विस्तारको कामलाई तिव्रता दिन आजदेखि जेठ ३० गतेसम्म बिहान साढे १० देखि दिउँसो ३ बजेसम्म बन्द गरिने नागढुङ्गा–मुग्लिङ्ग सडक योजना कार्यालयले जनाएको छ ।
साना तथा मझौला गाडीहरूलाई सीतापाइला–रामकोट–धार्के सडक तथा सामाखुसी–टोखा–छहरे–त्रिशूली (विदुर)–गल्छी सडक प्रयोग गर्न आग्रह गरिएको छ ।
प्रतिक्रिया
ताजा अपडेट