बेगनास तालमा बेपत्ता भएका पुरुषको शव फेला

NepalOne २६ जेठ २०८२ १२:०१
समाज

पोखरा । पौडी खेल्ने क्रममा पोखराको बेगनास तालमा बेपत्ता भएका पुरुषको शव भेटिएको छ । सशस्त्र प्रहरी बलको गोताखोरको टोलीले करिव ३५ फिट गहिराईबाट शव निकालेको हो ।

गोरखाको शहिदलखन गाउँपालिका–३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठ पौडी खेल्ने क्रममा जेठ २५ गते साँझ बेपत्ता भएका थिए । सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले बेपत्ता श्रेष्ठको शव सोमबार बिहान १० बजे फेला पारेको हो ।


प्रतिक्रिया