बिहीबार सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

अर्थ समाचार

काठमाडौँ / बिहीबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी तेजाबी सुनको मूल्य रु १ लाख १० हजार १५० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढेर रु १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट