`

सेयरबजारमा सुधार, २ अर्ब ९ करोडको कारोबार

Nepal One HD ९ असोज २०८० १५:५६
अर्थ समाचार

काठमाडौ– सेयरबजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से १८.४५ अंकले बढेर २०२२.९१ बिन्दुमा कायम भएको हो । ‘क’ वर्गका कंपनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्समा पनि सुधार आएको छ । सेन्सेटिभ इन्डेक्स २.५६ अंकले बढेको छ ।
आज सेयरबजारमा २ सय ८६ कंपनीका सेयर कारोबार भएका छन् । कुल ८७ लाख ४ हजार ४ सय ७७ कित्ता सेयर ७८ हजार ६ सय १६ कारोबारबाट २ अर्ब ९ करोड ३८ लाख रुपैयाँमा किनबेच भएको छ । सेयरबजारमा सूचीकृत समूहगत परिसूचकमध्ये होटेल तथा पर्यटन समूहका परिसूचक ओरालो लागेका छन् । बाँकी सबै समूहका परिसूचक सकारात्मक छन् ।
मेन्छियाम हाइड्रोपावर लिमिटेड, मनकामना इञ्जिनियरिङ हाइड्रोपावर तथा सुभम पावका सेयरधनीले सबैभन्दा बढी कामएका छन् । सबैभन्दा बढी गुमाउनेमा भने हिमालयन लघुवित्त वित्तिय संस्था, थ्रीस्टार हाइड्रोपावर लिमिटेड तथा लक्ष्मी भ्यालु फण्ड टु का सेयरधनी रहेका छन् ।


प्रतिक्रिया