निवर्तमान गभर्नर अधिकारीविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी

NepalOne ३० वैशाख २०८२ १४:४८
अर्थ समाचार

काठमाडौं । सर्वोच्च अदालतले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको हो ।

नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि गठन भएको समितिको सदस्यमा नियुक्त भएका अधिकारीविरुद्ध अधिवक्ता नवीन धितालले रिट दायर गरेका थिए ।

रिटमा अधिकारी गभर्नरमा बहाल रहेकै बेला गठन भएको समितिमा पूर्वगभर्नरको हैसियतमा अधिकारी नियुक्ति गर्नु गैरकानुनी रहेको दाबी छ ।

उनले गैरकानुनी व्यक्तिबाट सिफारिस गभर्नर पनि वैधानिक नहुने भन्दै अन्तरिम आदेशमार्फत उनबाट हुने कामकारबाही रोक्न माग गरेका थिए । तर इजलासले कारण देखाउ आदेश जारी गरी दुवै पक्षलाई बोलाउने आदेश गरेको हो ।


प्रतिक्रिया