शेयर बजारमा ९ अर्ब १४ करोडको कारोबार

अर्थ समाचार

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से उच्च अङ्कले घटेको छ । आइतबार नेप्से ३२ दशमलव ९३ अङ्कले घटेर २ हजार ५ सय ९५ दशमलव ९७ विन्दुमा झरेको छ । शेयर बजार लगातार चौथो कारोबार दिन घटेको हो ।
आज सबै समूहको शेयर घटेकोमा होटल समूहको शेयर ३ दशमलव १३ प्रतिशत र जलविद्युत् समूहको शेयर २ दशमलव ७८ प्रतिशतले ओरालो लागेको छ । आज प्योर इनर्जी इनर्जी कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।
बजार उच्च अङ्कले ओरालो लागेको दिन जोशी हाइड्रोपावर लेभलपमेन्ट कम्पनीको शेयर भने झन्डै १० प्रतिशतले बढेको छ । आज ३१० वटा कम्पनीका २ करोड १५ लाख कित्ता शेयर ९ अर्ब १४ करोड रुपैयाँमा किनबेच भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट