इन्धन ट्यांकर विस्फोट हुँदा १० जनाको मृत्यु

48 Shares

एजेन्सी – दक्षिण अफ्रिकी सहर बोक्सबर्गमा इन्धन ट्यांकर विस्फोट हुँदा १० जनाको मृत्यु हुनुका साथै अन्य ४० जना घाइते भएका छन् । तरल पेट्रोलियम ग्यास (एलपीजी) ढुवानी गरेको ट्यांकर शनिबार बिहान अस्पताल र घर नजिकैको पुलमुनि विस्फोट भएको थियो ।

‘ पुलमुनि ट्यांकर फसेको भन्ने फोन पायौं। आगो निभाउन अग्नि नियन्त्रकहरूलाई बोलाइएको थियो ।  दुर्भाग्यवश, ट्याङ्कर विस्फोट भयो’, उक्त क्षेत्रका आपतकालीन सेवाका प्रवक्ता विलियम एनटलाडीले भने ।

घाइतेमध्ये २० जनाको अवस्था गम्भीर रहेको प्राप्त विवरणहरूमा जनाइएको छ ।

सम्बन्धित समाचार

सबै