30
Shares
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले रुस–युक्रेन युद्धका कारण मूल्य र आपूर्तिमा चाप बढेपनि अहिले भने अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् । आफ्नो कार्यकाल सम्पन्न गरी बिदाई हुन लागेका शर्माले सोमबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै रुस–युक्रेन युद्धका कारण नेपालको मुद्रास्फीतिलाई समेत प्रभाव परेको बताएका हुन् ।
आयातमा प्रतिबन्ध, मार्जिन लगाइएको र निर्वाचनका कारण राजस्वमा भने वृद्दि भएको स्वीकार गरेका छन् । राजस्व कमी हुँदा चुनौती यथावत रहेको उनले बताएका छन् । वित्त र मौद्रीक नीतिबीच सन्तुलन चाहिने भन्दै उनले त्यसो गर्न नसक्दा अर्थतन्त्रमा समस्या आउने आफूले महसुस गरेको समेत उनको भनाइ थियो । यसलाई सन्तुलन गर्ने प्रत्यत्न गरिएको शर्माले बताएका छन् ।