आगामी आवको बजेटमा सबै खालका प्रोत्साहन भत्ता खारेज

NepalOne १५ जेठ २०८० १७:०८
अर्थ समाचार

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सबै खालका प्रोत्साहन भत्ता खारेज गरेको छ ।

सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महत आगामी बजेटमार्फत सबै खालका भत्ता खारेज गरिएको बताए ।

यस्तै सवारी साधन खरिदमा पनि निरुत्साहित गरिने, सरकारी कर्मचारीलाई सवारी साधनको सट्टा एकमुष्ट रुपमा नगदै प्रदान गरिने व्यवस्था गरिने बजेटमा उल्लेख छ ।

साथै सबै सार्वजनिक संस्थानमा नयाँ संरचना र दरबन्दी प्रस्तावना नगरिने पनि बताइएको छ ।

सोमबार संघीय संसदको दुबै सदनमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अनावश्यक खर्च घटाउने बताए ।


प्रतिक्रिया