`

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन सांसद सन्तोष परियारको माग

Nepal One HD ११ असार २०८० ११:५३
राजनीति

काठमाडौं / रास्वपाका सांसद सन्तोष परियारले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णय तत्काल सच्याउन चेतावनी दिएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारको नीति तथा कार्यक्रम र १५ जेठमा प्रस्तुत गरेको आगामी वर्षको बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालयमा गाभ्ने निर्णयप्रति रास्वपाले भर्त्सना गरेका हुन् ।

राजनीतिक आन्दोलनबाट स्थापित संवैधानिक निकायलाई खारेज गर्ने सरकारको निर्णय लोकतन्त्रमाथिको प्रहार भएको भन्दै उनले उक्त निर्णय फिर्ता लिन सरकारसँग माग गरे ।


प्रतिक्रिया