`

विनियोजन विधेकय २०८० पारितको एकीन गर्न मतविभाजन गरिँदै

Nepal One HD १३ असार २०८० १६:३८
राजनीति

काठमाडौं / विनियोजन विधेयक २०८० पारित भएको एकीन गर्न प्रतिनिधिसभा बैठकमा मतविभाजन गरिँदै छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले विनियोजन विधेयक २०८० बहुमतले पारित भएको घोषणा गरे । तर, एमालेका सचेतक विनियोजन विधेयक बहुमतले स्वीकृत भएको आफूहरुलाई लागेकाले मतविभाजन गर्न माग गरे । 

सभामुख देवराज घिमिरेले २८ जनामध्ये बढी सदस्यहरुले उठेर मतविभाजनको माग गरिएकाले सोहीअनुसार हुने जानकारी दिए । अहिले मतविभाजनका लागि प्रक्रिया चलिरहेको छ । 

गत १५ जेठमा संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकका अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेको विनियोजन विधेयकलाई बुधबार निर्णयार्थ प्रस्तुत गरिएको थियो । 
 


प्रतिक्रिया