`

आज एसइईको नतिजा सार्वजनिक हुँदै

Nepal One HD २१ असार २०८० १०:०९
प्रमुख खबर

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालमा सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । नतिजा सार्वजनिक गर्न अपराह्न बोर्ड बैठक बोलाइएको छ ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कुनै समस्या नआए आज नतिजा सार्वजनिक गरिने जानकारी दिनुभयो ।२०७९ साल चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको एसइईमा चार लाख ८५ हजार ३९६ परीक्षार्थी सम्मिलित थिए । तीमध्ये सबैभन्दा बढी बागमती प्रदेशका एक लाख दुई हजार परीक्षार्थी छन् भने सबैभन्दा कम कर्णाली प्रदेशका ३८ हजार ६०८ परीक्षार्थी सम्मिलित भएका थिए ।

यसअघि बोर्डले यस पटकको नतिजा पनि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार सार्वजनिक गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया