`

कोशी प्रदेशको मुख्यमन्त्रीविरुद्ध सर्वोच्चमा रिट, आइतबार पेसी

Nepal One HD २२ असार २०८० १६:२०
प्रमुख खबर

काठमाडौं / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदरको माग गर्दै परेको रिट निवेदनको पेशी आइतबारलाई तोकिएको छ ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्दै शुक्रबार पद तथा गोपनीयताको शपथ गराएका थिए ।

प्रमुख पर्शुराम खापुङ्ले बिहिवार गर्नुभएको मुख्य मन्त्रीको नियुक्ति नेपालको संविधानको ठाडो उल्लंघन भएको भन्दै कार्की तर्फबाट शुक्रबार सर्वोच्च अदलतमा रिट दर्ता भएको नेकपा एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेबतीरमण भण्डारीले बताए ।


प्रतिक्रिया