`

भ्रष्टाचारविरुद्धको अभियानमा सरकारलाई सहयोग गर्छौं : सभापति लामिछाने

Nepal One HD २५ असार २०८० १७:०१
प्रमुख खबर

काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रबि लामिछाने सरकारले अघि बढाएको भ्रष्टाचारविरुद्धको अभियानमा आफ्नो पार्टीको साथ रहने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सभापति लामिछानेले मिटरब्याज पीडितलाई न्याय दिनका लागि सगरकाले अघि सारेको काम सकारात्मक रहेको भन्दै रास्वपाको पूर्णसमर्थन रहने समेत स्पष्ट पार्नुभयो ।

उहाँले राष्ट्रिय स्वाधिनता र स्वाभिमानताका विषयमा यसरी संसदमा जवाफ दिनुपर्ने वातावरण फेरि सिर्जना नहोस् भनी प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराउनुभयो ।


प्रतिक्रिया