तस्वीरमा हेर्नुहोस् टिकटक र सेल्फीमय पशुपति परिसर
फोटोफिचर
काठमाडौं । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि महिलाको बाक्लो भीड लागेको छ।
रातो पहिरन र गरगहनामा सजिएका महिलाहरू पूजाआजासँगै सेल्फी खिच्न र टिकटक बनाउन व्यस्त देखिएका छन्।
मन्दिर परिसरका विभिन्न स्थानमा समूह बनाएर तस्बिर तथा भिडियो खिच्नेको भीडले तीजको छुट्टै रौनक देखिएको छ।
धार्मिक आस्थासँगै सामाजिक सञ्जालमा पर्वको झल्को देखाउने क्रमले यस वर्षको तीजलाई थप ‘टिकटक र सेल्फीमय’ बनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको





















