`

आधा इनिङ सकिँदा रोयल्सको ब्याटिङ तहसनहस, गुमायो सात विकेट

Nepal One HD १० कार्तिक २०८३ १८:०६
खेलकुद

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको ब्याटिङ सङ्कटमा परेको छ। लगातार विकेट गुमाएको सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले भने इनिङ्स सम्हाल्ने प्रयास गरिरहेका छन्।

सुदूरपश्चिमका ओपनर सैफ जैब १४ बलमा १३ रन बनाएर आउट भएका छन्। उनलाई शेर मल्लको बलमा साड्ली भान साल्कविकले क्याच आउट गराएका हुन्। यसअघि विनोद भण्डारी ९ रन, आरिफ शेख शून्य र ब्रान्डन म्याकमुलेन २ रनमा आउट भएका थिए।

त्यसैगरी इशान पाण्डे ९ बलमा ७ रन बनाएर आउट भएका छन्। उनलाई रोहित पौडेलको बलमा तिलकराज भण्डारीले क्याच आउट गराएका हुन्। शेरफेन रदरफोर्ड ४ बलमा १ रन र स्कट कुगेलेइन २ बल खेलेर शून्य रनमा आउट भएका छन्। रदरफोर्डलाई शेर मल्लले आसिफ शेखको हातबाट क्याच गराएका थिए भने कुगेलेइनलाई मल्लले नै एलबीडब्ल्यू आउट गरेका हुन्।

हाल कप्तान दीपेन्द्रसिंह ऐरी १८ बलमा २० रन बनाएर अविजित छन्। अनिल खरेलले ५ बलमा २ रन बनाएका छन्। सुदूरपश्चिमले अतिरिक्तबाट ८ रन पाएको छ।

लुम्बिनीका शेर मल्लले ३ विकेट लिएका छन् भने किशोर महतो र तिलकराज भण्डारीले पनि विकेट हात पारेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *