`

लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सको सानदार सुरुवात

Nepal One HD १० कार्तिक २०८३ १७:१३
खेलकुद

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको खेलमा सुदूरपश्चिमले सुरुवाती ओभरमा बिना विकेट गुमाई १२ रन बनाएको छ।

टस जितेर लुम्बिनी लायन्सले पहिले बलिङ गर्ने निर्णय गरेको छ। खेलको पहिलो १.५ ओभर समाप्त हुँदा सुदूरपश्चिमले १२ रन जोडेको हो। सुदूरपश्चिमका सैफ जैब ७ रन र विनोद भण्डारी ४ रन बनाएर क्रिजमा अविजित छन्। अतिरिक्तबाट १ रन प्राप्त भएको छ।

लुम्बिनीका के. महतो र सागर मल्लले बलिङ गरिरहेका छन्। खेल जारी रहँदा सुदूरपश्चिमले प्रतिओभर ६.५५ रनको औसत कायम गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *