`

पाल्पामा अटो दुर्घटना हुँदा ६ जना घाइते, एकको अवस्था गम्भीर

Nepal One HD १० कार्तिक २०८३ १६:१४
समाचार

काठमाडौं। पाल्पाको रैनादेवीछहरा गाउँपालिका-३, बल्गामा अटो दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बल्गाबाट कटौजेतर्फ जाँदै गरेको अटो अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

अटोमा चालकसहित आठ जना सवार थिए । घाइतेमध्ये एक महिलाको अवस्था गम्भीर छ भने अन्य पाँच जनाको अवस्था मध्यमदेखि सामान्य रहेको छ ।

घाइतेहरूलाई उपचारका लागि पाल्पास्थित मिसन अस्पताल पठाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *