ट्रम्प प्रशासनद्वारा २ लाख ५० हजार अमेरिकी भिसा रद्द
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको दोस्रो कार्यकालमा २ लाख ५० हजार विदेशी नागरिकको भिसा रद्द गरिएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार जनवरी २०२५ मा ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेयता २१ महिनाको अवधिमा ती भिसा रद्द गरिएका हुन् ।
भिसा नियम उल्लंघन, गैरकानुनी रूपमा बसोबास तथा रोजगारी, आपराधिक गतिविधि र ठगीमा संलग्न विदेशी नागरिकको भिसा रद्द गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । पर्यटन भिसाको दुरुपयोग गर्ने तथा आप्रवासनसम्बन्धी नियम उल्लंघन गर्ने व्यक्तिहरू पनि कारबाहीमा परेका छन् ।
रद्द गरिएका भिसामध्ये २ हजार ३ जना गर्भवती विदेशी महिलाका भिसा पनि रहेको जनाइएको छ । उनीहरू बच्चा जन्माउन अमेरिका जाने प्रक्रियामा थिए ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगटले भिसा रद्द गर्ने निर्णयलाई आवेदकको विस्तारित जाँच प्रक्रियासँग सम्बन्धित रहेको बताएकी छन् ।
अमेरिकी सरकारले अध्यागमन नीतिमा कडाइ गर्दै विदेशी नागरिकको भिसा तथा प्रवेशसम्बन्धी जाँचलाई थप कडा बनाएको छ ।
