`

सुदूरपश्चिम रोयल्सले गुमायो पहिलो विकेट, २४ रन बनाउँदा भण्डारी आउट

Nepal One HD १० कार्तिक २०८३ १७:२०
खेलकुद

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पहिलो विकेट गुमाएको छ।

सुदूरपश्चिमले ३.१ ओभरमा २४ रन बनाउँदा विकेटकिपर ब्याटर विनोद भण्डारीलाई गुमाएको हो। लुम्बिनीका शेर मल्लले भण्डारीलाई एलबीडब्ल्यू आउट गरेका हुन्। भण्डारीले ८ बलमा ९ रन बनाए।

पहिलो विकेट गुमाउँदा सुदूरपश्चिमको स्कोर २४ रन रहेको छ। क्रिजमा रहेका सैफ जैबले ११ बलमा १२ रन बनाएका छन्। उनले २ चौका प्रहार गरेका छन्। सुदूरपश्चिमले अतिरिक्तबाट ३ रन जोडेको छ।

टस जितेर लुम्बिनी लायन्सले पहिले बलिङ गर्ने निर्णय गरेको थियो। खेल जारी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *