आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन [तस्वीरहरू]
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा (छोइङ डोल्मा लामा मोक्तान) नियुक्त भएको विरोधमा सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ।
प्रदर्शनकारीहरूले उनको नियुक्ति खारेज गर्न तथा नागरिकता र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयमा छानबिन गर्न माग गरेका छन्।
राष्ट्रिय जेनजी नागरिक अभियान, तामाङ नागरिक समाज तथा लुम्बिनी विकास कोष र गुम्बा विकास समिति बचाऊ संयुक्त समितिको सहभागितामा भएको प्रदर्शनमा आनी छोइङको नियुक्तिमाथि प्रश्न उठाइएको थियो।
प्रदर्शनकारीहरूले नियुक्ति प्रक्रिया खारेज गर्न माग गर्दै उनको नागरिकता र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयमा सम्बन्धित निकायले छानबिन गर्नुपर्ने बताएका छन्।
लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिलाई लिएर भएको यस विरोध प्रदर्शनमा सहभागी समूहहरूले आफ्ना माग सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।










