पीएचपी सुरक्षा कमजोरीपछि बन्द भएका सरकारी वेबसाइट खुल्दै
विज्ञान-प्रविधि
काठमाडौं । गत बिहीबारदेखि अवरुद्ध नेपालका सरकारी वेबसाइटहरू क्रमशः सञ्चालनमा आउन थालेका छन् ।
पीएचपीमा देखिएको सुरक्षा कमजोरीका कारण अवरुद्ध भएका वेबसाइटहरू सुरक्षा प्याचिङ, परीक्षण र प्रमाणीकरणको काम पूरा भएसँगै पुनः सञ्चालनमा आउन थालेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रका अनुसार हालसम्म एक हजारभन्दा बढी डोमेन पुनः सञ्चालनमा ल्याइएको छ । ती वेबसाइट तथा अनलाइन सेवाहरू सामान्य रूपमा सञ्चालन भइरहेका छन् ।
अर्थ मन्त्रालय, सञ्चार तथा सूचना मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका वेबसाइटसहित विभिन्न सरकारी अनलाइन सेवाहरू सञ्चालनमा आइसकेका छन् ।
सञ्चालनमा आउन बाँकी रहेका सेवाहरूलाई पनि पूर्ण रूपमा सुचारु गर्न कर्मचारीहरू तीव्र रूपमा खटिरहेको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
