`

सामाखुशीमा बेपत्ता बालकको शव भेटियो

Nepal One HD १८ साउन २०८० १९:२५
प्रमुख खबर

काठमाडौं । सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको शव दक्षिणकालीमा भेटिएको छ ।

सामाखुशी खोलाको बाढीमा बगेका १३ वर्षीय बालक साजन आलेमगरको शव ११ दिनपछि भेटिएको हो ।

उनको शव दक्षिणकालीमा बागमती नदीको किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

साजन यही साउन ७ गते काठमाडौंको समाखुशी नदीमा खसेका बेपत्ता भएका थिए ।


प्रतिक्रिया